लण्डन । तमु समाज युकेले शनिबार २८ अप्रिल २०१८ का दिन २५६२ औं बुद्ध जयन्ती भब्यताकासाथ मनायो । लन्डन वेम्बलीको बरहाम पार्कस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा लामा गुरुहरुबाट बृहत पूजापाठ गरि शान्तिका अग्रदूत, एशियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्म जयन्ती मनाइएको हो ।
पूजापाठ सञ्चालन नेपाल देखि आएका श्रद्धेय लामा गुरु बज्र आचार्य जनता गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ र तमु समाज युकेका सल्लाहकार तथा लेक्चरर लामा गुरु प्रेम गुरुङले गर्नुभएको थियो ।
बिहान ११.३० बजे तमु समाज युकेका अध्यक्ष अर्जुन गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङले संयुक्तरुपमा दिप प्रज्वलन गरि आरम्भ गरिएको पूजापाठमा श्रद्धेय लामा गुरुहरुले बुद्ध जयन्तीको महत्व, बुद्धको जिवनी, उपदेश, धर्म र संस्कारबारे प्रवचन पनि दिएका थिए ।
पूजापाठ र प्रवचनपछि उपस्थित सबै भक्तजनहरुले लामा गुरुहरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।
बृहत पूजापाठ आरम्भ हुनु अगाबै कार्यक्रममा नेपालबाट आएका अतिथि लामा गुरु बज्र आचार्य जनता गुरुङलाई संस्थाको तर्फबाट तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष बिजु गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङले संस्थाको प्लेक, खादा र पुष्प गुच्छा प्रदान गरि स्वागत तथा सम्मान गरेका थिए ।
यसै गरि देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङले पनि देवाचन बुद्धिष्ट सेन्टरको तर्फबाट अतिथि लामा गुरुलाई खादाबाट स्वागत तथा सम्मान गर्नु भएको थियो ।
तमु समाज युके आमा समूहको सकृयता, सहयोग र सल्लाहकार ईमान घलेको संयोजनमा गरिएको उक्त बुद्ध जयन्ती पूजा कार्यक्रममा मुलत लन्डन वरपरका जेष्ठ नागरिकहरुको सहभागिता थियो ।
कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, निबर्तमान अध्यक्ष तथा सल्लाहकार शिवशरण गुरुङ लगायत समाजका अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सदस्यहरु र श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।
तमु समाज युकेले स्थापनाकाल देखि नै निरन्तर बैशाख पूर्णिमाको अवसरमा बुद्ध जयन्ती पूजा सञ्चालन गर्दै आएको छ । विगत वर्षहरु झैं यस वर्ष पनि बुद्ध जयन्ती पूजा कार्यक्रममा सबै भक्तजनहरुलाई निशुल्क प्रवेश र खानपिन व्यवस्था गरेको थियो ।
पूजा कार्यक्रमका लागि थुप्रै दानवीरहरुले स्वतस्फूर्त र श्रद्धाभावले अर्थ, खाजा, पेय पदार्थ तथा अन्य आवश्यक सामाग्रीहरु दान सहयोग स्वरुप उपलब्ध गराएका र खानाको ब्यबस्थापन रारा केटरिङले गरेको थियो ।
महासचिब ज्ञानबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङले स्वागत मन्तब्य, आमा समूहकी अध्यक्ष माया गुरुङले धन्यबाद मन्तब्य र कार्यक्रम संयोजक ईंमान घलेले चन्दा तथा सहयोगदाताहरुको नामावली र विवरण बाचन गर्दै सबैलाई धन्यबाद दिए ।
अहिंसा, सत्य र संयमलाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनु नै बुद्धधर्मको सार संक्षेप हो। यिनै कुरालाई बुझेर सत्यमार्गमा लागी कुविचार, कुदृष्टी, कुसंस्कार र कुलतबाट टाढा रहेर मात्र पवित्र तथा सरल जिवन प्राप्त गर्न सकिन्छ र मनमा डाहा र डरबाट सहज ढंगले मुक्ति पनि पाउन सकिन्छ ।
पीडा र भय मुक्त मानवको मनमा मात्र सधैं शान्ति छाउंछ । ‘शान्तिबाट मात्र मानिसले विकास र मोक्ष प्राप्त गर्दछ’, बुद्धले भनेका छन् ।
मानवता, शान्ति, प्रेम, खुसी, सद्भाव र मित्रताको सन्देश संसारभरि फैलाउने भगवान बुद्धको श्रद्धाका निम्ति र मानव जगतमा सबैको मोक्ष प्राप्तिका लागि आयोजना गरिएको बुद्ध जयन्ती पूजापाठ कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा आयोजक समिति तथा उपस्थित भक्तजनहरुले खुशी ब्यक्त गरेका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान