लन्डन । प्रधानमन्त्री टेरेजा मेको क्याबिनेटमा प्रभावशाली ठानिएकी गृहमन्त्री एम्बर रडले राजिनामा दिएकी छन् । दशकौं अघि बेलायत आएका क्यारेबियन आप्रवासीहरुलाई देश निकाला गर्ने मुद्दा (वीन्डरस काण्ड) मा केही साता यता तीव्र आलोचना र राजिनामाको दवाव खेपिरहेकी रडको राजिनामालाई प्रधानमन्त्री मेले आइतबार सांझ स्वीकृत गरेको डाउनिंग स्ट्रिट श्रोतलाई उधृत गर्दै बेलायती अखवारहरुले जनाएका छन् । गृहमन्त्री रडले सोमबार संसदमा सम्वोधन गर्ने कार्यक्रम थियो ।
बेलायतको लोकप्रिय दैनिक ‘गार्डियन’ ले आइतबारको अंकमा गृहमन्त्री रडले प्रधानमन्त्रीलाई पठाएको ‘गोप्य पत्र’ सार्वजनिक गरिदिएको थियो । उक्त पत्रमा रडले केही वर्षभित्र दश प्रतिशत गैर कानुनी (इलिगल) आप्रवासी हटाउने महत्वकांक्षी लक्ष्य लिएको उल्लेख थियो । तर, रडले गत साता संसदको होम अफेयर्स कमिटीमा वयान दिने क्रममा आप्रवासी हटाउने लक्ष्यबारे अनभिज्ञता प्रकट गरेकी थिइन् ।
रडको अध्यागमन नीतिप्रति सांसदहरु नै असन्तुष्ट थिए । ‘वीन्डरस काण्ड’ मा रडविरुद्ध २०० बढि सांसदहरुले हस्ताक्षर गरेका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा