लन्डन । प्रधानमन्त्री टेरेजा मेको क्याबिनेटमा प्रभावशाली ठानिएकी गृहमन्त्री एम्बर रडले राजिनामा दिएकी छन् । दशकौं अघि बेलायत आएका क्यारेबियन आप्रवासीहरुलाई देश निकाला गर्ने मुद्दा (वीन्डरस काण्ड) मा केही साता यता तीव्र आलोचना र राजिनामाको दवाव खेपिरहेकी रडको राजिनामालाई प्रधानमन्त्री मेले आइतबार सांझ स्वीकृत गरेको डाउनिंग स्ट्रिट श्रोतलाई उधृत गर्दै बेलायती अखवारहरुले जनाएका छन् । गृहमन्त्री रडले सोमबार संसदमा सम्वोधन गर्ने कार्यक्रम थियो ।
बेलायतको लोकप्रिय दैनिक ‘गार्डियन’ ले आइतबारको अंकमा गृहमन्त्री रडले प्रधानमन्त्रीलाई पठाएको ‘गोप्य पत्र’ सार्वजनिक गरिदिएको थियो । उक्त पत्रमा रडले केही वर्षभित्र दश प्रतिशत गैर कानुनी (इलिगल) आप्रवासी हटाउने महत्वकांक्षी लक्ष्य लिएको उल्लेख थियो । तर, रडले गत साता संसदको होम अफेयर्स कमिटीमा वयान दिने क्रममा आप्रवासी हटाउने लक्ष्यबारे अनभिज्ञता प्रकट गरेकी थिइन् ।
रडको अध्यागमन नीतिप्रति सांसदहरु नै असन्तुष्ट थिए । ‘वीन्डरस काण्ड’ मा रडविरुद्ध २०० बढि सांसदहरुले हस्ताक्षर गरेका थिए ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह