
लन्डन । पासा पुच गुठी यूके साउथ इष्ट लन्डनले शनिबार लन्डन उलवीचस्थित मलग्रेभ स्कुल हलमा गुथि भ्वये (भोज) ने.सं ११३८ कार्यक्रम गरेको छ । परम्परागत शैलीको उक्त नेवारी भोजमा १८० जना अतिथी सहभागी थिए । सहभागीले पलेटी कसेर दुना टपरीमा समे बजी, ३७ विभिन्न किसिमका नेवारी खाना, जुजु धौ र घरमा निर्मित रक्सी (जांड) ग्रहण गरेका थिए ।
अतिथीहरुलाई धिमे बाजा र ५ जना ज्येष्ठ नागरिक (नाइके) विष्णुप्रसाद जोशी, महन्त श्रेष्ठ, भुपेन्द्रमान शाक्य, कुमार श्रेष्ठ र किशोर श्रेष्ठसहित पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिले स्वागत गरेका थिए ।
कार्यक्रममा बेलायतका विभिन्न शहरबाट नेवारी पोशाक र गरगहनामा सजिएका नेवार जातीको सहभागिता थियो । गायक योगेश्वर अमात्य र नायक धिरेन शाक्य कार्यक्रमका थप आकर्षण थिए । मनिष श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै नेवारी समुदाय र संस्कृतिमा गुथि भ्वयेको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको संयोजन माधव श्रेष्ठ र समग्र व्यवस्थापन पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका अध्यक्ष प्रजापतिले गरेका थिए ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा