लन्डन । ताप्लेजुङ समाज युकेको वार्षिक भेटघाट शनिबार अल्डरसटमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष अमृता पालुङवाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री विजयप्रकाश थेवे थिए । त्यस्तै छिमेकी जिल्लाहरु पांचथर सेवा सेवा समाजका अध्यक्ष चन्द्र सुन्दास, इलाम सोसाइटीका उपाध्यक्ष कृष्ण देवान, खोटाङ सेवा समाजका अध्यक्ष भूपजित राइ, धनकुटा समाजका अध्यक्ष पूर्ण फाल्देसा, संखुवासभा समाज यूकेकी अध्यक्ष बसुन्धरा राई, ताप्लेजुङ गुरुङ समाजका वसन्त गुरुङ, किरात याक्थुङ चुम्लुङ वेष्ट केन्टका अध्यक्ष कर्ण पराङदेन, माङ्गेना चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लगायत अतिथि रहेका थिए ।
सचिव रत्न लाबुङले सञ्चालन गरेको उक्त समारोहमा उपाध्यक्ष बुद्धिमान दर्नालले स्वागत मन्तब्य तथा अर्का उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेका महानुभावहरू, समाजले आयोजना गरेको कार्यमा सहयोग पुर्याउने दाताहरूलाई सम्मान गरिएको थियो । समाजका प्रोजेक्ट टीमका तर्फबाट डा. चन्द्र लक्सम्बा र मेजर रिटार्ड भुवानी पन्धाकले अहिले सम्पन्न हुन गइरहेको ताप्लेजुङ अस्पताल २ परियोजनाका बारेमा जानकारी दिएका थिए ।
समाजले हालसम्म बाढीपहिरो, आगलागी पीडित, ताप्लेजुङ अस्पतालको ल्याव भवन आदिका लागि करिव ९० लाख रूपियाँ खर्च गरेको सो अवसरमा जानकारी दिइयो ।
कार्यक्रमको दोस्रो चरणमा जानु काम्वाङको संयोजनमा सांस्कृतिक कार्यक्रम सन्चालन गरिएको थियो भने अन्त्यमा अध्यक्ष पालुङवाले सबैलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरेकी थिइन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय