लन्डन । ताप्लेजुङ समाज युकेको वार्षिक भेटघाट शनिबार अल्डरसटमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष अमृता पालुङवाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि पूर्व मन्त्री विजयप्रकाश थेवे थिए । त्यस्तै छिमेकी जिल्लाहरु पांचथर सेवा सेवा समाजका अध्यक्ष चन्द्र सुन्दास, इलाम सोसाइटीका उपाध्यक्ष कृष्ण देवान, खोटाङ सेवा समाजका अध्यक्ष भूपजित राइ, धनकुटा समाजका अध्यक्ष पूर्ण फाल्देसा, संखुवासभा समाज यूकेकी अध्यक्ष बसुन्धरा राई, ताप्लेजुङ गुरुङ समाजका वसन्त गुरुङ, किरात याक्थुङ चुम्लुङ वेष्ट केन्टका अध्यक्ष कर्ण पराङदेन, माङ्गेना चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लगायत अतिथि रहेका थिए ।
सचिव रत्न लाबुङले सञ्चालन गरेको उक्त समारोहमा उपाध्यक्ष बुद्धिमान दर्नालले स्वागत मन्तब्य तथा अर्का उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेका महानुभावहरू, समाजले आयोजना गरेको कार्यमा सहयोग पुर्याउने दाताहरूलाई सम्मान गरिएको थियो । समाजका प्रोजेक्ट टीमका तर्फबाट डा. चन्द्र लक्सम्बा र मेजर रिटार्ड भुवानी पन्धाकले अहिले सम्पन्न हुन गइरहेको ताप्लेजुङ अस्पताल २ परियोजनाका बारेमा जानकारी दिएका थिए ।
समाजले हालसम्म बाढीपहिरो, आगलागी पीडित, ताप्लेजुङ अस्पतालको ल्याव भवन आदिका लागि करिव ९० लाख रूपियाँ खर्च गरेको सो अवसरमा जानकारी दिइयो ।
कार्यक्रमको दोस्रो चरणमा जानु काम्वाङको संयोजनमा सांस्कृतिक कार्यक्रम सन्चालन गरिएको थियो भने अन्त्यमा अध्यक्ष पालुङवाले सबैलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरेकी थिइन् ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह