रुपन्देही, १५ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ ।
उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुम्बिनी रहेको छ भन्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ ।’ उहाँले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको छ भन्नुभयो ।
उहाँले अन्तर्राष्टिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढवा दिनाका साथै अन्तर्राष्टिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘ग्रेटर लुम्बिनीसँगै मनोरेललगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।’
पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताउनुभयो ।
उहाँले विगतमा भएका अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धको जन्म नेपालको लुम्बिनीमा नै भएको र त्यसलाई पाठ्यक्रममा समेट्ने विषयमा भारतले समेत समर्थन गरेको उल्लेख गर्दै नेपाल बौद्ध दर्शनको स्रोतका रुपमा समेत स्थापित हुन सक्छ भन्नुभयो ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती व्यवस्थापन समितिका संयोजक तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई निरन्तरता दिन खोजिएको र त्यसले बुद्धसँग सम्बन्धित सबै विषयलाई स्थापित गर्न लागेको बताउनुभयो ।
उहाँले बुद्ध दर्शन जीवन पद्धति, नैतिक आचरण, काममा एकाग्रता भएकामा जोड दिँदै लुम्बिनीको पुरातात्विक र ऐतिहासिक विषयले बौद्ध दर्शनलाई स्थापित गर्न सघाउ पुग्न सक्छ भन्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले सम्मेलनमा भगवान गौतमबुद्धको जन्मस्थल पुरानो शाक्यको राजधानी हो र बुद्धको उद्भवस्थल पनि हो भन्ने प्रमाणित गर्न सम्मेललन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा तेइस देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । दुई दिनसम्म चल्ने सो सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वान्को सहभागिता छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता