
लन्डन । नेपाली बैंक सिटिजन्स बैंक इन्टरनेसनल ‘बैंक अफ द इयर २०२५’ को अवार्डबाट सम्मानित भएको छ । लन्डनस्थित द फाइनान्सियल टाइम्सले आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रुपमा बैंकको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि बैंक अफ द इयर २०२४ को अवार्डसमेत बैंकले प्राप्त गरिसकेको छ ।
बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२५ को अवार्डबाट दुई वर्ष लगातार सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले बताए । आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहकमैत्री आधुनिक बैंकिङ सेवासुविधा ग्राहकमाझ ल्याउन हौसला मिलेको उनको भनाइ छ ।
सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको मिहिनेतबाट यो सफलता सम्भव भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
द फाइनान्सियल टाइम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकले गर्ने कार्यसम्पादन एवं गतिविधिलाई दृष्टिगत गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्दै आएको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने