गोर्खा सैनिक लिम्बुलाई अनेवा पुरस्कार

लण्डन। यस बर्षको अनेवा पुरस्कार गोर्खा सैनिक कैलाश लिम्बुलाई प्रदान गर्ने निर्णय भएको छ ।  

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको बिहीवार सम्पन्न बैठकले ‘गोर्खा’ नामक अंग्रेजी पुस्तकका लेखक लिम्बुलाई प्रदान गर्ने निर्णय गरेको हो । 

पुरस्कारको राशी ६० हजार रुपैयां छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा, जया राई र नारायण अधिकारी थिए ।  

प्रतिष्ठानका अध्यक्ष आचार्यले अगस्टमा लण्डनमा एक बिशेष समारोहबीच पुरस्कार प्रदान गरिने जनाए ।  

सन् १९८१ मा ताप्लेजुङमा जन्मिएका गोर्खा सैनिक लिम्बुको उक्त अंग्रेजी पुस्तक सन्डे टाइम्सको ‘टप टेन बेस्ट सेलर’ मा परेको थियो ।  

प्रतिष्ठानले गत बर्ष उक्त पुरस्कार ‘करोडौ कस्तुरी’ का लेखक अमर न्यौपानेलाई प्रदान गरेको थियो ।  

सन् २०१२ मा स्थापित प्रतिष्ठानले नेपाली साहित्यकारलाई प्रोत्साहन र साहित्यको जगेर्नाका लागि लण्डनमा नियमित गतिविधि गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री