लन्डन । गुल्मी जिल्ला समाज युके र प्रथम नौमती बाजा गुल्मी युकेले गुल्मीका दुई संस्थालाई ७ लाख रुपैयां भन्दा बढि आर्थिक सहयोग गरेका छन् । आशा अपांग केन्द्र र नेपाल रेडक्रस सोसाइटी उपशाखालाई उक्त सहयोग गरिएको हो । समाजका सल्लाहकार बालजंग अर्यालले सहयोग हस्तान्तरण गरेका छन् ।
समाजले रेडक्रस सोसाइटी उपशाखालाई रु ४ लाख रुपैयां र आशा अपांग केन्द्रलाई १ लाख रुपैयां सहयोग गरेको छ । समाजले गुल्मीका पत्रकार जनार्दन घिमिरेकी पत्नीको उपचारार्थ रु १ लाख साथै प्रथम नौमती बाजा गुल्मी यूके समूहबाट पनि आशा अपांग केन्द्रलाई रु ७० हजार ७ सय ७७ रुपैंया सहयोग गरेको छ । यस समूहले सन् २०१० देखि बेलायत र युरोपमा पर्यटन प्रवर्धनका निम्ति हरेक वर्ष नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघ बेलायत लगायत विभिन्न संस्थासंग सहकार्य गर्दै ‘इन्टीग्रेसन’ मा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । उक्त समूहले हरेक वर्ष अप्रिलमा एक मुष्ट रकम आशा अपांग केन्द्रलाई पठाउने गरेको समूहका प्रमुख संयोजक ओम थापा काउचाले जनाए । थापाले सहयोगी सबैमा आभार व्यक्त गरेका छन् ।
सहयोग रकमको चेक गुल्मी जिल्ला यूके समाजका संस्थापक एवं सल्लाहकार बालजंग अर्याल, सदस्य शोभा खरेल, शान्तिपुर गाउंपालिका प्रमुख दोर्ण खत्रीले रेडक्रस उपशाखा सभापति गणेशबहादुर थापा र आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीलाई हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममै अर्यालले आफनो ब्यक्तिगत तर्फबाट रेडक्रस उपशाखा शान्तिपुरलाई २५ हजार र आशा अपांग केन्द्रलाई २० हजार रुपैयां सहयोग गरेका थिए ।
सहयोग रकम हस्तान्तरण गर्दै चन्द्रकोट गाउंपालिका प्रमुख दोर्ण खत्रीले सामाजिक काममा अग्रसर सबै महानुभावप्रति आभार व्यक्त गरे । उनले प्रवासमा बसेर पनि जन्मभूमिप्रतिको दायित्व महसुस गरि सहयोग गर्नु अत्यन्तै प्रशंसनीय काम भएको बताए ।

रकम ग्रहण गर्दै आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगा
रायमाझीले समाजले केन्द्रलाई निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएकी थिइन् । उनले समाज जस्तै अरु सबै संस्थाले
अपांगताको समस्या बुझ्दै जाने हो भने सहयोग गर्ने हातहरुको संख्यामा कमी नहुने पनि बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोचमा अझै परिवर्तन आउन नसकेको गुनासो पनि गरेकी थिइन् ।
रेडक्रस उपशाखा सभापति गणेशबहादुर थापाले समाजको तर्फबाट भएको सहयोगप्रति धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । उनले समाजको तर्फबाट यस अघि २ लाख ५० हजार रुपैयां सहयोग प्राप्त भइसकेको समेत बताए ।
आर्थिक रकम हस्तान्तरण गर्दै समाजका संस्थापक एवं सल्लाहकार बालजंग अर्यालले गुल्मी जिल्लामा केही गर्ने उद्देश्यले बेलायतमा रहेका नेपालीहरुबाट आर्थिक रकम संकलन गरेर विभिन्न समयमा आर्थिक सहयोग गर्दै आएको बताए । उनले जिल्लामा हुने कुनैपनि दैवी प्रकोप, असहाय अशक्तहरुलाई सहयोग गर्ने उद्देश्यले सन् २००७ मा संस्था स्थापना गरेर सहयोग निरन्तर गर्दै आइएको बताए ।
अर्यालले हालसम्म जिल्लामा ४ वटा एम्बुलेन्स सहयोग गरिसकिएको बताए । समाजले तम्घास, धुर्कोट, फोक्सिङ्ग र खैरेनीमा एम्बुलेन्स दिएको हो । समाजको तर्फबाट जिल्लामा आगलागी, भूकम्प र बाढी पहिरो पीडित, विभिन्न रोगबाट ग्रसित विरामी र अन्यलाई आपत परेका गुल्मेलीलाई पनि सहयोग गर्दै आएको छ ।
आशा अपांग केन्द्रले गुल्मी जिल्लामा विगत आठ वर्षदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा काम गर्दै आएको छ । केन्द्रकी उपाध्यक्ष रायमाझी आफैं दुवै खुट्टा नभएकी अपांग हुन् । उनले गैरसरकारी संस्थाहरुसंग रकम संकलन गरेर गुल्मी जिल्लामा विभिन्न अपांगता भएका ब्यक्तिलाई तालिम लगायत सिपमुलक काम सिकाउने र जिविकोपार्जनमा टेवा पुरयाउने काम गर्दै आएकी छन् ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण