लन्डनमा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता

तस्विर गुणदेव घिमिरे

लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेलायत र युरोप शाखाले गत आइतबार लन्डनमा संयुक्त रुपमा युरोपस्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता गरे ।

प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा युरोपस्तरिय छैठौं एकल नृत्य र तेश्रो एकल गायन प्रतियोगिता भएको हो ।

प्रतियोगितामा नृत्यतर्फ जर्मनी र गायनतर्फ बेलायतका प्रतियोगी वीनर बने । नृत्यतर्फ जर्मनीकी सरु श्रेष्ठ र गायनतर्फ बेलायतका सुश्रुत तिमल्सिना विजेता बनेका हुन् ।

नृत्य विद्यामा बेल्जियमकी निकिता सापकोटा फस्ट रनर अप तथा बेलायतकी काजोल गुरुङ सेकेन्ड रनर अप भए । नृत्यतर्फ पांच 
युरोपेली मुलुकका १० प्रतिष्पर्धीले दुई चरणमा आफ्नो कला प्रस्तुत गरे ।

नृत्य विद्याका विजेताहरुको चयन गर्न निर्णायकहरु सनमकुमार बैराग, शारदा शर्मा र वर्षा खड्का थिए ।

त्यस्तै गायनतर्फ बेलायतवासी निमान तामाङ फस्ट रनर अप तथा जर्मनीका सुरज सापकोटा सेकेन्ड रनर अप बन्न सफल भए । यो विद्यामा ३ देशका ५ प्रतिस्पर्धीले दुई चरणमा गायन प्रस्तुत गरेका थिए ।

तस्विर गुणदेव घिमिरे

गायनतर्फ निर्णायकको भूमिकामा मधु क्षेत्री, शर्मिला बर्देवा र 
पर्शुराम रिजाल थिए ।

दुवै विद्यामा सर्वोत्कृष्ट हुन सफल विजेताले ७ सय १ युरो नगद, 
ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार प्राप्त गरे । उनीहरुलाई आउंदो एक वर्षका लागि इनास सद्भावना दूत समेत घोषणा गरियो । गायनका विजेताले नेपालस्थित भाइव स्टुडियोबाट एउटा गीत रेकर्ड गर्ने अवसर पाउनेछन् भने नृत्यकी विजेताले सोही गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने मौका पाउनेछन् ।

प्रतियोगीहरुमध्ये आफ्नो सशक्त अभिनयबाट दर्शकको मन जित्न सफल हल्याण्डकी एञ्जिला रोक्कालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, विशेष अतिथीहरु एनआरएन आइसिसी पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनए संस्थापक रामप्रताप थापा, एनआरएनए आइसिसी उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, इनास ग्लोवलका अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल, महासचिव मनिषकुमार श्रेष्ठ, युरोपका संयोजक अर्जुन काफले, बेलायत संयोजक रजनी सुनुवार लगायत विशिष्ट व्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा प्रवासमा रहेर नेपाली कला, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै गायिका सितु खरेल र 
सञ्चारकर्मी कुशल श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । सम्मानपत्र इनास बेलायतका सल्लाहकार यादव भण्डारीले वाचन गरेका थिए ।
समारोहमा बेलायत बाहेक बेल्जियम, जर्मनी, नेदरल्याण्डसहितका विभिन्न युरोपेली मुलुकबाट कयौं दर्शक उपस्थित थिए । कार्यक्रममा नेपालबाट नायक धिरेन शाक्य, गायक पर्शुराम रिजाल, अमेरिकाबाट गायक मधु क्षेत्री, कलाकार कृष्णमुरारी ढुंगेल लगायत आएका थिए ।
दोश्रो चरणमा प्रतियोगिता सञ्चालन सोफिया महर्जन कार्कीले गरेकी थिइन् भने औपचारिक कार्यक्रम सञ्चालन इनास यूके महासचिव सञ्जयभक्त कंडेलले गरेका थिए ।

तस्विर शिव भण्डारी

कार्यक्रममा गायक प्रमोदराज न्यौपानेको गीतमा कुशल श्रेष्ठले निर्देशन गरेको एक म्यूजिक भिडियो समेत सार्वजनिक गरियो ।

उक्त कार्यक्रम सफल बनाउन इनास ग्लोवलका महासचिव तथा बेलायत शाखाका संरक्षक मनिषकुमार श्रेष्ठ, इनास बेलायत अध्यक्ष रजनी सुनुवार, कार्यक्रम संयोजक तथा इनास बेलायत उपाध्यक्ष गायक प्रमोदराज न्यौपाने, अर्का उपाध्यक्ष सुशील प्रजापति, महासचिव सञ्जयभक्त कंडेल, सचिव गुणदेव घिमिरे, कोषाध्यक्ष गायक दिपक थापा, विनोद चिपालु, अभि महर्जन, सिम्मी पुन, निरू कंडेल, सुनिता गौतम, सल्लाहकारहरु दिपक श्रेष्ठ, यादव भण्डारी, लव विक्रम गौतम लगायत महिनौदेखि अहोरात्र खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री