लण्डन । हाङपाङ समाज युकेको नयाँ अध्यक्षमा यमबहादुर आङबुहाङ निर्वाचित भएका छन् । समाजको आइतबार लण्डनमा सम्पन्न दोस्रो अधिवेसनले आङबुहाङको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा टेक खपाङ्गीमगर, उपाध्यक्षमा मेदिनी फोम्बो, महासचिवमा सरला सुब्बा, सचिवमा चन्द्रकुबेर आङबुहाङ, कोषाध्यक्षमा दिपेन्द्र याक्सो र सहकोषाध्यक्षमा बबिता याक्सो लिम्बु चयन भएका छन् । समितिमा रिक्त चार पद कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक काजीमान याक्सोले खादा लगाई बधाई ज्ञापन गरे । निर्वाचन कार्यक्रम सम्पन्न गर्न याक्सोको संयोजकत्वमा नरेश खपाङ्गीमगर सचिव र मिना याक्सो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष विश्वराज फेयङ साँवा, रत्न फोम्बो र मिना याक्सोले बधाई तथा शुभकामना दिए भने नवनिर्वाचित अध्यक्ष आङबुहाङले प्रतिवद्धता मन्तब्य व्यक्त गरे ।
यसअघि समाजका महासचिव टेक खपाङ्गीमगरले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र याक्सोले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । साथै, समाजका सदस्यहरुको कल्याणका विभिन्न उपायका बारेमा छलफल पनि गरिएको थियो ।
ताप्लेजुङ जिल्लाको तत्कालिन हाङपाङ गाविस (हालको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ३) बाट युकेमा बसोबासरतहरुले केही वर्षअघि सो संस्था स्थापना गरेका हुन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान