म्याग्देलीले युकेमा मनाए नयाँ वर्ष

लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाली नयाँवर्ष मनाएको छ । शुभकामना साँझ नाम दिएर हरेक वर्ष आयोजना गरिने सो कार्यक्रमको प्रमुख अतिथि रसमुर बोरो मेयर सोफिया चौधरी थिइन् । कार्यक्रममा बोरोका काउन्सिलर लिडर, काउन्सिलरहरु, काउन्सिलका अधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मोना युकेका अध्यक्ष कमल पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक दल जुग्जालीले गरेका थिए । कार्यक्रम संचालन महासचिव कुमार फगामी र सचिव लालबहादुर पुनले गरेका थिए भने साँस्कृतिक कार्यक्रम नुनु थापा र चन्द्र थजालीले गरेका थिए ।

कार्यक्रमको अर्को चरणमा टंक शेरचन, मञ्जु बिक, क्याप्टेन बीरबहादुर थापा, तुलचन्द्र तिलिजा, इन्दिरा गुरुङ, कल्पना गुरुङ, मनसुधन थापा, चन्द्रा कार्कीले गीत गाएका थिए । आयुष्मा फगामी, गीता पाइजा, बबी पाइजा, सुष्मा रोका, सुसिता रोका, सुमिता रोका, शर्मिला रोका, मेरिना पाइजा, आस्था फगामी, दुर्गादेवी पुनले नृत्य प्रस्तुत गरेका थिए । धौलागिरी नौमती बाजाले नौमती बाजामा साथ दिएका थिए भने लाइभ लोकदोहोरी पनि गाइएको थियो ।

कार्यक्रममा मोना युकेमा उत्कृष्ट कार्य गर्ने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो भने गत वर्ष दिवंगत मोना युकेका सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरियो ।

कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, एनआरएनए आइसिसी सदस्य शान्ति थापा कुँवर, पूर्व सांसद नरबहादुर पुन, एनआरएन आइसिसीका पूर्व कोषाध्यक्ष प्रकाश पुन लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री