रसमोरमा नयां वर्ष समारोहमा रमाए विदेशी पाहुना

लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले शनिबार सांझ नेपाली नयां वर्ष-२०७५ समारोह आयोजना गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त समारोहमा नेपाली तथा बेलायतीहरुको उत्साहजनक उपस्थिति रहयो ।

कार्यक्रममा प्रमुख अतिथी रसमोर मेयर सोफिया चौधरीले नयां वर्ष शुभकामना दिंदै रसमोर बरोमा नेपाली समुदायको उल्लेख्य जनघनत्व बढिरहेकामा खुशी लागेको बताइन् । नेपाल कला र संस्कृतिमा धनी देश भएको स्मरण गर्दै मेयर चौधरीले 
आफ्नो बहुसांस्कृतिक बरोमा नेपाली समुदायले विशेष स्थान बनाएको पनि उल्लेख गरिन् ।

कम्युनिटी अध्यक्ष जीब बेल्वासेले नेपाली तथा विदेशी अतिथीहरुप्रति शुभकामना र सहभागिता जनाएकामा आभार व्यक्त गर्दै आफ्नो संस्थाले स्थानीय समुदाय र नेपाली समुदायबीच एकता अभिवृद्धि गर्न अहंम भूमिका निर्वाह गरिरहेको बताए । रसमोर बरोमा नेपाली र नयां वर्ष पर्वलाई विशेष ग्राहयता दिएकामा उनले मेयर र काउन्सिल लिडरप्रति कृतज्ञता समेत व्यक्त गरे ।

कम्युनिटीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामधन राईले स्वागत मन्तव्य दिंदै शुभकामना बांडे । कम्युनिटीका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रोहित गुरुङले संस्थाको पुरानो इतिहासबारे अवगत गराए ।

कार्यक्रममा प्रथम नौमति बाजा गुल्मीले नौमति धुनमा अतिथीहरुको स्वागत गरेको थियो । सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता ल्यायो । दोश्रो चरणको सांस्कृतिक कार्यक्रम संस्थाकी प्रवक्ता प्रमिला लाबुङ राई र कल्चरल सेक्रेटरी दिनेश गुरुङले सञ्चालन गरेका थिए ।

नेपाली तथा अंग्रेजी राष्ट्रिय गानपछि सुरक्षा राना, दिव्या राई, कल्पना लिम्बु, प्रनिम गुरुङ, अनित गुरुङ, अन्जना लिम्बु, अनुसा हमाल, विपश्ना गुरुङ, जोसिका बेल्वासे, प्रतिमा गुरुङ र कल्पना गुरुङले स्वागत नृत्य प्रस्तुत गरे ।

दिनेश गुरुङ, मिन गुरुङ, डम्मर सिंह, भिम थापा, रोहित गुरुङले ‘ए कान्छा मलाई सुनको तारा…’ बोलको गीतमा बांसुरी, सारंगी र मादलको लाइभ ‘इन्सट्रुमेन्टल’ धुन सुनाए ।

क्याप्टेन बीरबहादुर थापाले लाहुरेको रेलीमै फेसनै राम्रो… लगायत गीत गाए । राष्ट्रिय गायिका मन्जु बिक र स्थानीय गायिकाहरु सुष्मा गुरुङ एवं रमा बानियाले पनि गायन प्रस्तुत गरे ।

सयपत्री नेपाली कल्चरल ग्रुपका तर्फबाट अविसा गुरुङ, कविता गुरुङ, पुष्पा गुरुङ, प्रभु गुरुङ, सुवास गुरुङ र सन्तोष विश्वकर्माले फुल फुलेर पहेंलै…, कहिले फुल बनि…, रुपै मोहनी… जस्ता कयौं हिट गीतमा आकर्षक नाच देखाए ।

सुरक्षा राना, दिव्या राई, कल्पना लिम्बु, सोफिया गुरुङ, प्रतिमा गुरुङ र कल्पना मगरले कौरा नृत्य प्रस्तुत गरे । तामाङ सेलो ओय 
च्याङबा…मा सुरक्षा राना, दिव्या राई, कल्पना लिम्बु, सोफिया गुरुङ, विपश्ना गुरुङ, अगनिस्ता गुरुङ, दिया केसी, जस्मिन केसी, अन्जना लिम्बु, जोसिका बेल्वासे, अनुसा हमाल, प्रतिमा गुरुङ र कल्पना मगरले नृत्य देखाए । कल्पना लिम्बु, दिव्या राई र सोफिया गुरुङले ‘रिमिक्स डान्स’ समेत प्रस्तुत गरे ।

प्रनिम गुरुङ र सुरक्षा रानाले पुरानो गीतमा अर्को नाच प्रस्तुत गरे । कम्युनिटीको महिला विभाग संयोजक लिला सेलिङ माबोले अंग्रेजी तथा नेपाली कविता वाचन गरिन् ।

कम्युनिटीका महासचिव मान गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरियो ।

उक्त समारोहमा लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, रसमोर बरो मेयरेस अत्तिका चौधरी, एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ, काउन्सिल लिडर डेभिड क्लीफोर्ड र उनकी श्रीमति लिज्जी, गील्डफोर्ड काउन्सिल लिडर काउन्सिलर पल स्पोनर र उनकी श्रीमति, काउन्सिलर अलेक्स क्रफोर्ड र श्रीमति जेनिफर इभान्स, पिसी निलम राई, मिस नेपाल यूके २०१७ सिर्जना गुरुङ, पूर्व काउन्टी काउन्सिलर मार्क स्टेपल हस्ट, डा. बलराम ढकाल, एनइ हयान्टस डोमेस्टिक फोरमकी अध्यक्ष करेन इभान्स, मिडियाकर्मीहरु लगायत सयौंको उपस्थिति थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री