कांग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

इनरुवा-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पारदर्शीताको आवश्यकता रहेको बताएका छन् ।

कांग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र पारदर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताए । उनले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पारदर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए ।

उनले कांग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न कांग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताए ।

नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री