जेनेभा, स्वीट्जरल्याण्ड, २९ चैत – विश्व व्यापार संगठन (डव्लुटिओ) ले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१८ मा विश्व व्यापार दर ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो दरमा सन् २०१९ मा केही ह्रास आई चार प्रतिशत कायम हुने आँकलन गरेको छ ।
व्यापारमा निरन्तर वृद्धि देखिनुमा विश्व अर्थतन्त्रमा विकास र सरकारहरूको उचित व्यापार नीति जिम्मेवार मानिएको डव्लुटिओले आफ्नो बार्षिक प्रक्षेपण प्रतिवेदनमा जनाएको छ ।
तर डव्लुटिओद्वारा सार्वजनिक प्रतिवेदनमा विश्व व्यापार गतिविधिमा तीब्र तनाव आउनसक्ने सङ्केत देखिएका चेतावनी दिँदै यसले व्यापार गतिविधिप्रति रहेको विश्वास र लगानीको निर्णयलाई प्रभावित तुल्याउने हुँदा हालको व्यापार वृद्धिदर सम्बन्धि हालको दृष्टिकोणलाई जोखिममा पार्नसक्ने पनि बताएको छ ।
विश्वले अहिले देखेको व्यापारको मजबुत व्यापार वृद्धिदर विश्व अर्थतन्त्र वृद्धि तथा सुधार र रोजगारी सिर्जनाका लागि सघाउने दिशामा महत्वपूर्ण हुने डव्लुटिओका महानिर्देशक रोवर्टो अजेभेदोले बताउनुभयो ।
व्यापारमा देखिएको महत्वपूर्ण प्रगति छिट्टै जोखिममा पर्ने चेतावनी दिँदै भन्नुभयो, ‘यदि सरकारहरूले निषेधको व्यापार नीति वा जस्तालाई तस्तै भन्ने खालको व्यवहारकासाथ अघि बढेमा यसबाट विश्व व्यापारलाई व्यवस्थित गर्न नसकिने गरी समस्या उत्पन्न हुनसक्नेछ ।’
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो