जेनेभा, स्वीट्जरल्याण्ड, २९ चैत – विश्व व्यापार संगठन (डव्लुटिओ) ले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१८ मा विश्व व्यापार दर ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो दरमा सन् २०१९ मा केही ह्रास आई चार प्रतिशत कायम हुने आँकलन गरेको छ ।
व्यापारमा निरन्तर वृद्धि देखिनुमा विश्व अर्थतन्त्रमा विकास र सरकारहरूको उचित व्यापार नीति जिम्मेवार मानिएको डव्लुटिओले आफ्नो बार्षिक प्रक्षेपण प्रतिवेदनमा जनाएको छ ।
तर डव्लुटिओद्वारा सार्वजनिक प्रतिवेदनमा विश्व व्यापार गतिविधिमा तीब्र तनाव आउनसक्ने सङ्केत देखिएका चेतावनी दिँदै यसले व्यापार गतिविधिप्रति रहेको विश्वास र लगानीको निर्णयलाई प्रभावित तुल्याउने हुँदा हालको व्यापार वृद्धिदर सम्बन्धि हालको दृष्टिकोणलाई जोखिममा पार्नसक्ने पनि बताएको छ ।
विश्वले अहिले देखेको व्यापारको मजबुत व्यापार वृद्धिदर विश्व अर्थतन्त्र वृद्धि तथा सुधार र रोजगारी सिर्जनाका लागि सघाउने दिशामा महत्वपूर्ण हुने डव्लुटिओका महानिर्देशक रोवर्टो अजेभेदोले बताउनुभयो ।
व्यापारमा देखिएको महत्वपूर्ण प्रगति छिट्टै जोखिममा पर्ने चेतावनी दिँदै भन्नुभयो, ‘यदि सरकारहरूले निषेधको व्यापार नीति वा जस्तालाई तस्तै भन्ने खालको व्यवहारकासाथ अघि बढेमा यसबाट विश्व व्यापारलाई व्यवस्थित गर्न नसकिने गरी समस्या उत्पन्न हुनसक्नेछ ।’
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक