लन्डन । नेपाली नयां वर्ष २०७५ को अवसरमा बेलायतमा हुन गइरहेका विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न तीन राष्ट्रिय कलाकार बिहीबार लन्डन उत्रिएका छन् ।
चर्चित गायिका तथा बेली डान्सर प्रिती आले, नायिका तथा मोडल छुल्ठिम डोल्मा गुरुङ र डान्सर रश्मी तामाङ कार्यक्रमका लागि बेलायत आएका हुन् । लन्डन उत्रिएकै दिन सांझ रश्मीबाहेक प्रिती र छुल्ठिम लन्डन साउथ हयारोस्थित गोल्डेन सीप रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भए ।
एनआरएनए यूके र सहारा यूकेले १३ मे आइतबार अल्डरसटमा हुने मैत्रीपूर्ण फुटबल खेलबारे जानकारी दिन गरेको संयुक्त प्रेस मिटमा कलाकारद्वयले आज शुक्रबार १३ अप्रिल सांझ अल्डरसटस्थित प्यालेसमा हुने नेप्लिज न्यू इयर नाइट २०७५ कार्यक्रममा सहभागिताका लागि समस्त नेपाली समुदायलाई आग्रह गरे ।
‘तपाईंहरुलाई भेट्न हामी एकदम उत्साहित छौं’- रिलिजको तयारीमा रहेको ‘नेप्टे’ फिल्मकी नायिका छुल्ठिमले पत्रकारहरुमाझ भनिन्, ‘दर्शकहरुको साथ नै हाम्रो अपेक्षा हो । आउनुस् नयां वर्ष शुभकामना आदानप्रदान र मनोरन्जन एकसाथ गरौंला ।’
पछिल्लो समय दोहोरी ब्याटलका कारण युवामाझ झन् लोकप्रिय बनेकी गायिका प्रिती आलेले कार्यक्रममा बेली डान्स, दोहोरी ब्याटल र अरु सरप्राइज प्याकेज समेत लिएर आएको जनाइन् । फरक शैलीको दोहोरी ब्याटलले चर्चासंगै आलोचना सामना गरिरहंदा प्रितीले युवा पुस्तालाई दोहोरीसंग जोड्न नयां ‘कन्सेप्ट’ ल्याइएको प्रष्टयाइन् ।
एनआरएनए यूके युवा संयोजक एलबीजेड (लालबहादुर) गुरुङ, एनआरएनए यूके सल्लाहकार हेम गुरुङ, समाजसेवी युवा ज्ञान गुरुङ लगायतको समूहले कलाकारत्रय झिकाएर बेलायतका विभिन्न शहरमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमलाई एनआरएनए यूके युवा विभागले पनि सहयोग गरेको छ । ‘वुमेन्स पावर’ नाममा द प्यालेसमा हुन लागेको कार्यक्रममा स्थानीय डान्सरहरु स्नेहा गुरुङ र प्रतिष्ठा त्रिपाठी एवं गायिका नितिका मगरले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।
कलाकारत्रयको कार्यक्रम लन्डन उलवीचमा १४ अप्रिल शनिबार तय भएको छ । लन्डन गोल्डेनसीपबाहेक अन्य शहरमा समेत कार्यक्रम गर्ने आयोजकको योजना छ ।
पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ साईंला, एनआरएनए यूके महासचिव आर के त्रिपाठी, एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा कुंवर, एनआरएनए यूके उपाध्यक्षद्वय प्रेम गाहामगर र पुनम गुरुङ, सहारा यूके महासचिव कृष्ण गुरुङ, एनबीसी यूके अध्यक्ष मिलन घिमिरे, गोल्डेन सीप रेष्टुरेन्टका प्रोपाइटर देव गुरुङ, तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष डेभिड गुरुङ, पत्रकार चिरन शर्मा, डा. मिन रानाभाट, मिसेस नेपाल यूके टिम गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, एनआरएनए यूके धर्म विभागका होमनाथ पौडेल आदिले कलाकारहरुलाई खादाले स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
तस्विर- शिव भण्डारी
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने