लन्डन । मृगौला रोगबाट पीडित राष्ट्रिय सभा सदस्य शान्तिकुमारी अधिकारी जिसीको मृगौला प्रत्यारोपणका लागि बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेलायतमा संकलित १४ लाख ७७ हजार रुपैंयाको चेक पीडित अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहयोगदाताका तर्फबाट क्षेत्री समाज बेलायतका प्रतिनिधि एवं आजीवन सदस्य धनबहादुर क्षेत्री, बागलुङ समाज बेलायतका नरसिंह छन्त्याल एवं प्रेमकुमारी छन्त्यालले सो चेक हस्तान्तरण गरेका थिए ।
उक्त रकम क्षेत्री समाज बेलायत, बागलुङ समाज बेलायत, शारदा कुंवर, प्रतिमा केसी, लक्ष्मी बस्नेत लगायतको अगुवाइमा बेलायतवासी नेपालीका तर्फबाट संकलन गरि पठाइएको हो ।
बागलुङको वडीगाड गाउंपालिका वडा नं. २ सिमलचौर निवासी अधिकारी साढे २ वर्ष देखि मृगौला रोगबाट पीडित छन् । निरन्तर राजनीति र महिला आन्दोलनमा लागेकी नेतृ अधिकारीको मृगौला प्रत्यारोपण प्रक्रिया बीर अस्पताल काठमाडौंमा जारी छ ।
अधिकारीका श्रीमान गोविन्द अधिकारीले मृगौला दान गर्ने र सो प्रत्यारोपणका लागि झण्डै २० लाख भन्दा बढि लाग्ने भएपछि अधिकारीले सहयोगको अपिल गरेकी थिइन् । चेक प्राप्त भएपछि पीडित अधिकारीले समस्त सहयोगदाताप्रति आभार व्यक्त गरेकी छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि