मृगौला रोगबाट पीडित महिला नेतृलाई १४ लाख ७७ हजार सहयोग

लन्डन । मृगौला रोगबाट पीडित राष्ट्रिय सभा सदस्य शान्तिकुमारी अधिकारी जिसीको मृगौला प्रत्यारोपणका लागि बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेलायतमा संकलित १४ लाख ७७ हजार रुपैंयाको चेक पीडित अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सहयोगदाताका तर्फबाट क्षेत्री समाज बेलायतका प्रतिनिधि एवं आजीवन सदस्य धनबहादुर क्षेत्री, बागलुङ समाज बेलायतका नरसिंह छन्त्याल एवं प्रेमकुमारी छन्त्यालले सो चेक हस्तान्तरण गरेका थिए ।

उक्त रकम क्षेत्री समाज बेलायत, बागलुङ समाज बेलायत, शारदा कुंवर, प्रतिमा केसी, लक्ष्मी बस्नेत लगायतको अगुवाइमा बेलायतवासी नेपालीका तर्फबाट संकलन गरि पठाइएको हो ।

बागलुङको वडीगाड गाउंपालिका वडा नं. २ सिमलचौर निवासी अधिकारी साढे २ वर्ष देखि मृगौला रोगबाट पीडित छन् । 
निरन्तर राजनीति र महिला आन्दोलनमा लागेकी नेतृ 
अधिकारीको मृगौला प्रत्यारोपण प्रक्रिया बीर अस्पताल काठमाडौंमा जारी छ ।

अधिकारीका श्रीमान गोविन्द अधिकारीले मृगौला दान गर्ने र सो प्रत्यारोपणका लागि झण्डै २० लाख भन्दा बढि लाग्ने भएपछि अधिकारीले सहयोगको अपिल गरेकी थिइन् । चेक प्राप्त भएपछि पीडित अधिकारीले समस्त सहयोगदाताप्रति आभार व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री