अल्डरसट – ग्रेटर रशमोर नेपाली कम्युनिटीको नेपाली नयाँ वर्ष मनाउने सन्दर्भमा अन्तिम तयारी बैठक बस्यो । संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा बैठक भएको हो । बैठक महासचिव मान गुरुङले सञ्चालन गरेका थिए ।
बैठकमा बरिष्ठ उपाध्यक्ष एवं नयाँ वर्ष कार्यक्रमका संयोजक राम धन राईले कार्यविभाजन लगायत सम्पूर्ण कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए । कोषाध्यक्ष टोप पल्लीले आर्थिक विवरण अतिरिक्त टिकेट र स्पोन्सर तथा सल्लाहकार क्याप्टेन राजेन्द्रमान गुरुङले फण्डबारे बताए । क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन हरि थापा, क्याप्टेन बिर थापा, लेफ्टीनेण्ट रेशम शेरचन, उपाध्यक्ष नेम थापा, महासचिव मान गुरुङ, साँस्कृतिक सचिव दिनेश गुरुङ, सह साँस्कृतिक सचिव सुरक्षा राना, सदस्य दिल नेपाली लगायतले पनि आफ्नो राय प्रस्तुत गरेका थिए । सचिव युवन गुरुङले प्रस्ताव र निर्णय लिपिवद्ध गरे ।
बैठकमा अध्यक्ष जीव बेलबासेले ग्रेटर रशमोर नेपाली कम्युनिटीको स्थानिय काउन्सिल, प्रहरी प्रशासन, अरु समुदाय, संस्थासंगको सम्बन्ध र सहकार्य, ग्रेटर रशमोर नेपाली कम्युनिटी र काउन्सिलको साझेदारीमा गरिने रशमोर फुड फेस्टिबल, १० के रन, अल्डरसट, फान्ब्रो र गोर्खा जिल्लाको गोर्खा नगरपालिकासंगको मितेरी, अल्डरसट राउण्ड एबाउटमा स्थापना गर्न गैरहेको नेपाली र ब्रिटिश आर्मीको शालिक आदि विषयमा प्रष्ट पार्दै सकारात्मक सोच नै संस्थाको सफलताको कडी भएको बताएका थिए ।
बैठकमा संस्थाका सल्लाहकार र गत ११ मार्चमा गठित ग्रेटर रशमोर नेपाली कम्युनिटी महिला विभागका सबै जसो सदस्यहरुको सहभागिता थियो ।
उक्त अवसरमा अध्यक्ष बेलबासेले महिला विभाग संयोजक लिला सेलिंग माबो, सह संयोजक सुष्मा गुरुङ,कोषाध्यक्ष जगना गुरुङ, सदस्यहरु शेषकुमारी पल्ली, गौरी माया इवा, नन्द शोभा लिम्बु, अनिता राई, रोजी राई, पुनम नेम्बाङ्ग र महेश्वरी लिम्बुलाई खादा ओढाई सम्मान गरे ।
उक्त बैठकमा स्थानिय काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा वर्षमा दुई पटक गरिने ‘इन्फर्मेसन डे’ को संयोजकमा उपाध्यक्ष नेम थापालाई तोकिएको छ ।
बैठक भेटघाट रेष्टुरेन्टका प्रबन्धक सल्लाहकार शेर सुनार र स्टाफ संगीता गैरेलाई हल र खाना प्रायोजनको लागि धन्यबाद दिंदै समापन भएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि