
लण्डन, २७ चैत – रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता हुनुभएको छ ।
घाइते हुनेबित्तिकै अस्पताल भर्ना गरिएकी उहाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि घर फिर्ता गरिएको अस्पतालका अधिकारीहरुले जनाएका छन् ।
उहाँसहित उहाँको बुबा सेर्गेइ स्कृपाललाई गत महिना मार्च ४ तारिखका दिन सलिस्बरीमा रासायनिक आक्रमण भएको थियो ।
बिबिसीका अनुसार ३३ वर्षीया छोरीलाई अस्पतालबाट घर पठाइए पनि उहाँका ६६ वर्षीय बुबा सेर्गेइलाई भने अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ ।
घटनाको अनुसन्धान गरिरहेको मेट्रोपोलिसले भने यस विषयमा केही प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ ।
यसअघि गत हप्ता युलियाको तर्फबाट जारी गरिएको विज्ञप्तिमा आफ्नो स्वास्थ्यमा सुधार आइरहेको र त्यसले आफूलाई खुशी बनाएको उल्लेख गरिएको थियो । उहाँले आफू एक हप्ताअघि मात्र होसमा आएको विज्ञप्तिमा उल्लेख गर्नुभएको थियो ।
रासायनिक पदार्थ प्रयोग गरी आक्रमण गरिएको उक्त घटनाले अन्तर्राष्ट्रिय कूटनीतिक संकट निम्त्याएको छ ।
उहाँहरुमाथि भएको आक्रमणमा रुस जिम्मेवार रहेको बेलायतले आरोप लगाएपछि कूटनीतिक संकट फैलिएको हो । रुसले भने बेलायतको आरोपको पटक पटक खण्डन गर्दै आइरहेको छ ।
यही आरोप प्रत्यारोपका बीचमा रुसका कैयौँ कूटनीतिज्ञहरु विभिन्न देशबाट निकालिएका छन् भने रुसले पनि विभिन्न देशका कूटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गरेको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै