लन्डनमा नारी मिलन महिला समूहको नयां वर्ष कार्यक्रम


लन्डन । नारी मिलन महिला समूह बेलायतले नेपाली नयां वर्ष २०७५ शुभकामना सांझ आयोजना गरेको छ । गत आइतबार साउथहयारोस्थित गोल्डेनसीपमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरेर नयां वर्ष आगमनको स्वागत गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी थिए एनआरएनए यूके महासचिव आर के त्रिपाठी । मन्तव्यका क्रममा महासचिव त्रिपाठीले महिलाहरुलाई संगठित र सशक्त बनाउन नारी मिलन महिला समूहले उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरे । उनले परिवार र कामको व्यस्तताबीच महिलाहरुले समुदायमा गरेको सामाजिक कामको पनि सरहाना गर्दै एनआरएनए यूकेले महिला सशक्तिकरणका सवालमा उक्त संस्थासंग सहकार्य गर्ने विश्वास दिलाए ।

संस्थाकी निवर्तमान अध्यक्ष हरिकला अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या विश्वकर्माले कार्यक्रम सञ्चालन 
गर्दै आफूहरु वौद्धिक र प्राज्ञिक स्तरमा कम र प्रचारप्रसारमा ओझेल परेपनि निस्वार्थ भावले समाजसेवा गर्न उत्सुक भएको बताइन् । उनले बेलायतका नेपाली महिलाहरुको उत्थान र अप्ठेरोमा सहयोग आदानप्रदान गर्न सन् २०१४ मा संस्था स्थापना गरिएको प्रष्टयाइन् ।

कमला गुरुङ, सुनिता गुरुङ, बिना खनाल, पवित्रा फुंयाल, ज्ञानु श्रेष्ठले संस्था गठनपछि महिलाबीच एकता अभिवृद्धि भएको धारणा राखेका थिए ।

कार्यक्रममा एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङ, युवा समाजसेवी हेम गुरुङ, पत्रकार शिव भण्डारी, मिसेस नेपाल यूके २०१७ विजेताहरु गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई पन्त लगायत अतिथीका रुपमा उपस्थित थिए ।

कार्यक्रममा गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई पन्त, ध्रुव दत्त, रवि लिम्बु, तृप्ती गुरुङ, मनिषा बस्नेत, पुष्पा तामाङ, सुमिरा थापा, सुनिता गुरुङ, राजकुमार गुरुङ लगायतले नृत्य र स्थानीय गायक आशिष राज, विद्या विश्वकर्मा, बाबुराम अर्याल, कमला गुरुङले गायन प्रस्तुत गरेका थिए । रफी श्रेष्ठले बांसुरीको धुन सुनाएकी थिइन् ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री