लन्डन । अधिवक्ता गोविन्द बेलवासेद्वारा लिखित बहुचर्चित पुस्तक राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ अब युकेमै उपलब्ध हुने भएको छ ।
गैरआवासीय नेपाली नागरिकहरुको प्रमुख चासोको विषय तथा एनआरएनएको प्रमुख मागको रुपमा रहेको ‘नागरिकता निरन्तरता’ विषय पुस्तकमा समेटिएको छ । बेलवासेद्वारा लिखित पुस्तकमा नेपाली नागरिकले जान्नै पर्ने नागरिकता संबन्धी कानुनी ब्यवस्था, राष्ट्रवाद र नागरिकता सम्बन्धी विवेचनाका साथै विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरी त्यहाँको नागरिकता प्राप्त गरेका नेपालीहरुले स्वेच्छाले परित्याग नगरेसम्म तिनीहरुको नेपाली नागरिकता कायम रहने संवैधानिक एवं कानूनी ब्यवस्था गरिनुपर्छ भन्ने कुरालाई केन्द्रीय विषयवस्तु बनाइएको छ ।
हाल बेलायतमा बसोबास गरिरहेका अधिवक्ता बेलवासे र अधिवक्ता सुरेन्द्र श्रेष्ठले एकपटक नेपालको नागरिकता प्राप्त व्यक्तिले विदेशको नागरिकता लिएपनि उनको नागरिकता रद्द नगरियोस् भनी नेपालमा दायर गरेको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ र छिट्टै त्यसबारे फैसला हुने अपेक्षा गरिएको छ ।
पुस्तक किन्न http://pustak.org.uk/writer.aspx?id=190 मा गएर अनलाईन अर्डर गर्न सकिन्छ । पुस्तकको मूल्य ५ पाउण्ड राखिएको छ ।
पुस्तकमा अधिवक्ता बेलवासेले अमेरिकी सर्वोच्च अदालतद्वारा Afroyim V. Rusk को मुद्दामा प्रतिपादित सिद्धान्तलाई आफ्नो तर्कको आधार बनाएका छन् । सो मुद्दामा अमेरिकी अदालतले ब्यक्तिले स्वेच्छाले परित्याग गरे बाहेक राज्यले कसैको पनि नागरिकता खारेज गरिदिनु हुंदैन भन्दै लेखकले विश्वमा दोहोरो नागरिकता सम्बन्धी ब्यवस्था अंगिकार गर्ने मुलुकहरुको दृष्टान्त समेत प्रस्तुत गरेका छन् ।
यत्तिमात्र नभएर लेखकले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को ब्यवस्था नेपालको संविधान(२०७२) को प्रस्तावना, धारा १०, ४५ र संविधानको भाग ३ का धाराहरुसंग बाझिएकाले उक्त ब्यवस्थालाई बदर गरिपाऊं भनी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन समेत प्रस्तुत गरेका छन् । लेखकले उक्त मुद्दासंग सम्बन्धित विषयलाई पनि पुस्तकको विषयवस्तु बनाएका छन् ।
पुस्तकमा लेखकले नागरिकता सम्बन्धमा नेपालले स्पष्ट नीति निर्धारण गर्नुपर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीहरुले उठाउने गरेका सवालहरुमा समेत गम्भीरतापूर्वक छलफल र मनन गर्न आह्वान गरेका छन् । यस सन्दर्भमा एक किसिमको निकास सर्वोच्चमा विचाराधिन मुद्दाको फैसला पश्चात निस्कन सक्दछ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा