
लन्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतले गत हप्ता दिवंगत नेपाली कांग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक कार्यक्रम गरयो । शनिबार दिउंसो पश्चिम लण्डनको फेल्थाममा आयोजित कार्यक्रममा बेलायतस्थित कांग्रेस कार्यकर्ताले खड्काप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीले स्वर्गीय खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरे ।
कार्यक्रममा समितिका सभापति गुरुङ, प्रमुख अतिथि एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, समितिका निवर्तमान अध्यक्ष लोक गुरुङ लगायत वक्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खड्काको योगदानको चर्चा गरेका थिए ।
महामन्त्री सूर्य तामाङले सञ्चालन गरेको कार्यक्रममा महामन्त्री प्रवेश केसीले स्वगत मन्तब्य दिए । कार्यसमिति सदस्य खुशी लिम्बुले स्वर्गीय नेता खड्काले जीवनको उत्तरार्धमा राजनैतिक उतारचढाब ब्यहोर्नु परे पनि उनको जीवनमा खोट भन्दा पनि बढी सुन्दर पक्ष रहेको जिकिर गरे ।
कार्यक्रम समापनका क्रममा अध्यक्ष युवराज गुरुङले निशुल्क हल उपलब्ध गराएकोमा समितिका सहमहामन्त्री तथा नमस्ते गोर्खा रेस्टुरेण्टका सह–प्रोप्राइटर इन्द्रहाङ लिङदेनलाई धन्यवाद दिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य खड्काको ६७ वर्षको उमेरमा गत हप्ता भारतमा उपचारका क्रममा निधन भएको थियो ।
लिम्बु समितिको प्रवक्ता
यसैबीच, समितिले प्रवक्तामा खुशी लिम्बुलाई नियुक्त गरेको छ । समितिका सभापति युवराज गुरुङका अनुसार लिम्बुलाई शनिबार देखि प्रवक्ताको जिम्मेवारी दिइएको हो । लिम्बु नेपाल आदिवासी जनजाति महासंघ वेलायत (नेफिन यूके) को महासचिव समेत हुन् । गैर आवासीय नेपाली संघको अभियानमा समेत सक्रिय लिम्बु समितिको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा