शुक्रबार, असोज २ २०७७ | Fri, September 18, 2020
नेपालको समय: १३:३० | UK Time: 08:45

लन्डनका उदयीमान गायक पराजुलीको आयो मन छुने गीत

वीनेपाली
२०७४ चैत २५ गते ७:४१

लन्डन । लन्डन बस्ने उदयीमान गाय​क सुज​न प​राजुली, नेपालका चर्चित लोक दोहोरी गायक गायिका कृष्ण देवकोटा र देवी घर्तीमगरले संयुक्त​ रुपमा ‘माया मारयो परदेशीले’ बोलको न​यां लोक दोहोरी गीत ब​जारमा ल्याएका छन् । म्यूजिक नेपाल अफिसियल यू टयुब च्यानलमार्फत उक्त गीत र म्यूजिक भिडियो हालै बजारमा ल्याइएको हो ।

गीतले परदेशिएपछिको वास्तविक अवस्था चित्रण गरेको छ । वाध्यताले परदेशीनु परेपनि आफ्नो मन मस्तिष्कमा मातृभूमि नै रहेको झल्काउने गीतमा माया नमारेको बुझिदिन आग्रह गरिएको छ । चौतारी र गाउं बेसीले प्रवासी नेपालीलाई खोजिरहेको भाव पनि गीतमा समावेश छ ।

कृष्ण देवकोटाको रचना र संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा महेन्द्र गौतम र रिचा थापाले अभिनय गरेका छन् भने भिडियो निर्देशन दिलिप रेग्मीको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक