लन्डन । लन्डनस्थित एक जना सफल युवा व्यवसायी दीपक श्रेष्ठलाई एनआरएनए आइसीसीको पर्यटन प्रवर्धन नेपाल समितिले अभियान नेता मनोनित गरेको छ ।
उक्त समितिले बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष तथा एनआरएनए यूके पूर्व कोषाध्यक्ष श्रेष्ठलाई सन् २०१९ अक्टोबरसम्म कार्यकाल रहने गरि ‘बुद्ध नेपाल’ अभियानको नेता मनोनित गरेको हो । ६१ औं आइसीसी बैठकको निर्णयपछि समितिका ‘कन्भेनर’ तथा एनआरएनए आइसीसी सह कोषाध्यक्ष सोम सापकोटाले श्रेष्ठ सहित अन्य विभिन्न देशका नेपालीलाई ‘क्याम्पियन लिडर’ मनोनित गरेका हुन् ।
मनोनित अभियन्ताहरुले एनआरएनए एनसीसीसंग समन्वय गरि नेपालको पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने विश्वास समितिको छ ।
बुद्ध फाउण्डेशन यूके अध्यक्ष श्रेष्ठ यतिखेर आगामी ५ मेमा लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारीमा जुटिरहेका छन् । श्रेष्ठकै नेतृत्वमा फाउण्डेशनले कपिलवस्तुमा बुद्ध वृद्धाश्रम समेत निर्माण गरिरहेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि