सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ०६:५० | UK Time: 02:05

युरोपबाट लाइफ कोचिङ सेमिनार गर्न बेलायत आउंदै सविना

वीनेपाली
२०७४ चैत १६ गते ११:४७

लन्डन । अचेल मानिसको दैनिकी निकै व्यस्त छ । मेसिनजस्तो चलायमान जीन्दगीमा कोही सफल छन् कोही असफल । असफलता भोग्नेहरु कति त आफ्नै जिन्दगीबाट विरक्तिएका पनि देखिन्छ । हतास र निरास छन् उनीहरु । ‘तर, मानिसमा असिमित सम्भावनाहरु पनि उत्तिकै छ । केवल त्यसलाई कसरी विकास 
गर्ने भन्नेमात्र मुख्य कुरा हो’, लाइफ कोच सविना कार्की 
भन्छिन् ।

अप्रिल १ तारिख बेलायतको अल्डरसटमा लाइफ कोचिङ सेमिनार गर्न नर्वेबाट आउन लागेकी छन् सविना । उनले जीन्दगी के हो ? जीन्दगी जिउने कि केवल बांच्ने ? नेतृत्व विकास कसरी गर्ने ? डिप्रेसनबाट कसरी मुक्ति पाउने ? जीन्दगी प्रभावकारी रुपमा कसरी बिताउने ? जस्ता जीवनसंग सम्बन्धित अनेक विषयको जवाफ दिनेछिन् उक्त सेमिनारमा ।

इभेन्ट एण्ड आइडियाजले एम्पायर हलमा सेमिनार गर्न लागेको हो । आफूमा ‘पोजेटिभ इनर्जी’ ल्याउने कार्यक्रम भन्दै आयोजक इभेन्ट एण्ड आइडियाजकी संस्थापक शान्ति गुरुङले सहभागिताका लागि सबैमा अनुरोध गरेकी छन् ।

‘प्रत्येक मानिसमा सकारात्मक र नकारात्मक प्रवृत्ति (एटिच्युड) हुन्छ । त्यो धारणा परिवर्तन गर्ने आफैंले हो’, सविना भन्छिन्, ‘प्रत्येक मानिससंग असिमित सम्भावना छन् । आफूभित्र नेतृत्व विकास कसरी गर्ने र जीवनलाई कता कसरी लैजाने भन्ने कुरा आफैंमा निर्भर हुन्छ ।’

युरोपेली मुलुक र नेपालमा समेत हालै लाइफ कोचिङ सेमिनार गरेर फर्किएकी उनले बेलायतमा दुई घण्टा यसबारेमा प्रेरणादायी मन्तव्य दिने कार्यक्रम छ ।

सविना नर्वेको इड्सभोलमा बस्छिन् । करिब दुई दशकयता नर्वेमा स्थायी बसोवास गरिरहेकी सविना बेलायतको एस्टन 
युनिभर्सिटीबाट एमएस्सी इन्टरनेशनल विजनेश एण्ड कर्पोरेट लेजिटिमेसी उत्तिर्ण गरेपछि यस क्षेत्रमा सक्रिय रुपमा संलग्न भएकी हुन् ।

नर्वेस्थित एभिएटर ओएसएल एएस नामक एयरलायन्स कम्पनीमा कस्टमर कन्सल्टेन्ट र नर्वेजियन रेडक्रसमा आप्रवासीका लागि कन्सल्टेन्ट भएर काम गरिसकेकी उनले आफू अध्ययनरत हुंदा एस्टन युनिभर्सिटीमा इन्टरनेशनल एक्सचेन्ज स्टुडेन्ट्स मेन्टरको भूमिका पनि निर्वाह गरिन् ।

यही क्षेत्रमा अनुभव संगालेपछि अब सविनाले भविष्यमा कोचिङ सेन्टर खोल्ने र नेपालका विभिन्न जिल्लामा गएर कम्तीमा दुई वर्ष जति स्कुलमा काम गर्ने अठोट लिएकी छन् ।

‘कामको सिलसिलामा नेपालमा यस्तो काम गर्ने मानिसको कमी देखें, मोटिभेसनल स्पीकर वा लाइफ कोच कम भएकाले पनि म नेपालमा गएर काम गर्न इच्छुक छु’, उनले भनिन् ।

उनी फेब्रुअरी यता पोखराको अन्नपूर्ण एफएममा प्रत्येक शुक्रबार द पाथ (बाटो) नामक कार्यक्रम पनि चलाउंछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक