लन्डन । एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ आगामी मेमा हुने स्थानीय निर्वाचनमा पुनः काउन्सिलर पदमा लड्ने भएका छन् । उनी अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन् ।
यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ आगामी ३ मे, २०१८ मा हुन लागेको स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै हयानवर्थ पार्कबाट फेरि प्रतिष्पर्धा गर्न लागेका हुन् ।
‘म वास्तवमा समुदायसंग काम गर्न उत्सुक र स्थानीय वासिन्दाको जीवनस्तर उकास्न समर्पित रहनेछु’, गुरुङले भने, ‘म स्थानीयलाई विगतमा पनि सहयोग गर्न पाउंदा खुशी भएं । अब फेरि मलाई सबै मतदाताको साथ र सहयोग आवश्यक भएकाले मत दिन अपिल गर्दछु ।’
गुरुङले आफू इमान्दार, परिश्रमी र आवश्यक परेको बेला स्थानीय जनतासमक्ष कुनै पनि बेला पुग्ने प्रण गर्दै जिताइदिन आग्रह गरेका छन् ।
बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए । ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका उनी गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् । आर्मड फोर्सेस च्यारिटी (एसएसएफए) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि छन् ।
काउन्सिलर निर्वाचित भएपछि विष्णुले वडामा २० माइल प्रति घण्टा ‘स्पीड लिमिट’ गराउन अहंम भूमिका खेले । वडाभर वृक्षारोपण र पार्क फिल्ड क्रिसेन्ट तथा वरपर माइक्रो सर्फेसिङ, ब्रिज हाउस पोण्ड फेल्थामको स्तरोन्नति गर्न एसोसिएसन स्थापना, सबै समुदायलाई सहभागी गराइ फेल्थाम रिमेम्बरेन्स परेड आयोजना आदि गरे ।
आफ्नो योगदान र अनुभवले पुन काउन्सिलरमा उम्मेदवारी दिएको उनले बताएका छन् ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा