लन्डन । एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ आगामी मेमा हुने स्थानीय निर्वाचनमा पुनः काउन्सिलर पदमा लड्ने भएका छन् । उनी अहिले चुनाव प्रचार प्रसारमा व्यस्त छन् ।
यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ आगामी ३ मे, २०१८ मा हुन लागेको स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै हयानवर्थ पार्कबाट फेरि प्रतिष्पर्धा गर्न लागेका हुन् ।
‘म वास्तवमा समुदायसंग काम गर्न उत्सुक र स्थानीय वासिन्दाको जीवनस्तर उकास्न समर्पित रहनेछु’, गुरुङले भने, ‘म स्थानीयलाई विगतमा पनि सहयोग गर्न पाउंदा खुशी भएं । अब फेरि मलाई सबै मतदाताको साथ र सहयोग आवश्यक भएकाले मत दिन अपिल गर्दछु ।’
गुरुङले आफू इमान्दार, परिश्रमी र आवश्यक परेको बेला स्थानीय जनतासमक्ष कुनै पनि बेला पुग्ने प्रण गर्दै जिताइदिन आग्रह गरेका छन् ।
बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए । अर्को वर्ष उनी डेपुटी मेयर भए । ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका उनी गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् । आर्मड फोर्सेस च्यारिटी (एसएसएफए) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि छन् ।
काउन्सिलर निर्वाचित भएपछि विष्णुले वडामा २० माइल प्रति घण्टा ‘स्पीड लिमिट’ गराउन अहंम भूमिका खेले । वडाभर वृक्षारोपण र पार्क फिल्ड क्रिसेन्ट तथा वरपर माइक्रो सर्फेसिङ, ब्रिज हाउस पोण्ड फेल्थामको स्तरोन्नति गर्न एसोसिएसन स्थापना, सबै समुदायलाई सहभागी गराइ फेल्थाम रिमेम्बरेन्स परेड आयोजना आदि गरे ।
आफ्नो योगदान र अनुभवले पुन काउन्सिलरमा उम्मेदवारी दिएको उनले बताएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण