लन्डन । तमुधिं यूकेले धादिङमा एक विद्यालय पुनर्निर्माणका लागि रकम जुटाउन २५ मार्च आइतबार एक ‘च्यारिटी डिनर नाइट’ गरेको छ । धादिङको अति दुर्गम गाउं खादिङमा अवस्थित श्री हिमालय सरस्वती प्राथमिक विद्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर गरिएको हो ।
उक्त विद्यालय भवन सन् २०१५ को महाभूकम्पले क्षतिग्रस्त भएपछि विद्यार्थी पाल टांगेर पढ्न वाध्य छन् । तमुधिं यूकेले पहार ट्रष्ट नेपालको सहकार्यमा उक्त विद्यालय करिब ५० लाख रुपैयां लागतमा पुनर्निर्माण गर्दैछ ।
एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पहार ट्रष्ट नेपालका अध्यक्ष होवार्ड ग्रीन एमबीइले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पार्दै विद्यालय पुनर्निर्माणमा तमुधिं यूकेको अग्रसरताप्रति आभार व्यक्त गरे ।
एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले तमुधिं यूकेको सामाजिक तथा मानवीय कार्यको प्रशंसा गर्दै उक्त विद्यालय निर्माणका लागि आफ्नो तर्फबाट एक लाख ५ हजार रुपैयां चन्दा दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले दाताहरुप्रति आभार व्यक्त गर्दै सन् २००० मा स्थापित च्यारिटी संस्था तमुधिं यूकेले बेलायतमा तमु भाषा, कला- संस्कृति संरक्षण र संवर्धनमात्र नगरि नेपाल तथा विदेशमा शैक्षिक, खेलकुद, दैवी प्रकोप, स्वास्थ्य, पर्यटन र मानवीय हितका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताए । तमुधिं यूकेले भूकम्पपछि एनआरएनए आइसीसी मार्फत एक करोड ११ लाख, ११ हजार रुपैयां संकलन गरि नमुना वस्ती निर्माणका लागि हस्तान्तरण गरेको पनि अध्यक्ष गुरुङले जानकारी दिए । त्यसैगरि, तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासलाई १० लाख रुपैयां समेत सहयोग गरेको थियो ।
उक्त संस्थाले इराकमा मारिएका १२ नेपालीको परिवारलाई जनही एक लाख रुपैयां र सप्तरीका बाढी पीडितलाई गत वर्ष एनआरएनए मार्फत १० लाख रुपैयां सहयोग हस्तान्तरण गरेको थियो । तमुधिं यूकेले हालसम्म ७० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको जनाएको छ ।
तमुधिं यूकेले बेलायतमा वर्षेनी नेपाली मेला र गोर्खा कप जस्ता वृहत इभेन्ट गर्दै आएको छ, जसमा हजारौं नेपाली र विदेशी सहभागी हुन्छन् ।
संस्थाका सचिव तुलाराम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा च्यारिटी डिनर नाइट संयोजक सूर्जे (रामचन्द्र) गुरुङले स्वागत मन्तव्य दिए । अर्का संयोजक एवं सल्लाहकार जुमकाजी गुरुङ, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, भीम गुरुङ लगायतले शुभकामना दिंदै संस्थाको सामाजिक कामको खुलेर प्रशंसा गरे ।
सल्लाहकार सूर्य गुरुङ र कल्चरल सेक्रेटरी कृष्ण गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा विभिन्न नृत्य, गायन, राफल ड्र तथा ‘अक्सन’ गरिएको थियो ।
सो अवसरमा स्थानीय गायक गायिका ममता गुरुङ, सपनकुमार राई लगायतले गायन प्रस्तुत गरे । गायिका ममताले स्वागत गीतका रुपमा ‘फूलको आंखामा फूलै संसार…’ गाइन् । ‘अक्सन’ महासचिव कृष्णप्रसाद गुरुङ र राफल ड्र यशोधा गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रमका सहयोगीलाई प्रमाणपत्र पनि प्रदान गरियो । तस्विरहरु- मिलन तमु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता