
लण्डन – विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ ।
‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले उक्त विज्ञापनमा स्वीकार गर्नुभएको छ ।
“फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ,” उहाँले भन्नुभयो, “यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही गर्न नसकेकोमा म क्षमा याचना गर्न चाहन्छु । हामीबाट यस किसिमको गल्ती पुनः हुने छैन भन्ने निश्चित गर्न आवश्यक कदम चालिसकिएको जानकारी गराउन चाहन्छु ।”
बेलायती राष्ट्रिय पत्रपत्रिकामा छापिएको उक्त बिषय यूरोप, अमेरिकालगायतका क्षेत्रमा फेसबुकबाट भएको कमजोरीका बारेमा अनुसन्धान थालिएपछि फेसबुकको सेयरमा आएको गिरावटसँगै जुकरवर्गद्वारा गत हप्ता सार्वजनिकरूपमा दिएका अभिव्यक्तिसँग मेल खाने खालका छन् ।
जुकरवर्गले भन्नुभएको छ, “अहिले फेसबुकले नियम परिवर्तन गरिसकेको छ त्यसैले अव यस्ता गल्ती भविष्यमा हुने छैनन् ।”
उहाँले लेख्नुभएको छ, “हामीले यो समस्या समाधान हुनुपूर्व ठूलो सङ्ख्याको तथ्याङ्कमा पहुँच राख्ने हरेक एपमाथि खोजी गरिरहेका छौँ । जव हामी पत्ता लगाउने छौँ तिनीहरूमाथि रोक लगाउने छौँ र प्रभावित सवैलाई जानकारी गराउने छौँ ।”
यद्यपि उक्त विज्ञापनमा तथ्याङ्क प्रयोग गरेको भनी आरोप लागेको ‘क्याम्ब्रिज एनालिटिका’ नामक बेलायती फर्मबारे केही उल्लेख गरिएको छैन । उक्त संस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ का बिषयमा काम गरेको थियो । सम्भावित तथ्याङ्क चुहावटबारे आएका खबरमा आधारित बनेर उक्त संस्थाले पनि अनुसन्धानकर्ता अलेक्जेन्डर कोगानको आलोचना गरेको छ ।
कोगानले फेसबुकका लागि जीवनस्तरबारे प्रश्नत्तर गर्ने एप निर्माण गरेका थिए जसलाई करिब दुई लाख ७० हजार मानिसले डाउनलोड गरेका थिए तर यसमा दसौँ लाख फेसबुक प्रयोगकर्तासँग पहुंच दिइएको थियो ।
फेसबुकले कोगानले उक्त सूचनालाई ‘क्याम्ब्रिज एनालिटिका’ नामक बेलायती अनुसन्धान फर्मलाई दिएको बताएको छ । तर कोगानले आँफूलाई यस प्रकरणमा फसाइएको बताउनुभएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी