लण्डन । ब्रिटिश प्रोफेसनल बक्सरहरु एनआरएनए यूकेको च्यारिटीमा सहभागी हुन उत्साहित भएका छन् ।
एनआरएनए यूकेले परोपकारी कोषका लागि ३१ मार्च शनिबार साँझ अल्डरसटको एम्पाएर हलमा ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’ गर्दैछ ।
गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरको पहलमा ब्रिटिश प्रोफेसनल बक्सरहरु जोन राइडर, अलान साउथवीक, एबिए च्याम्पियन कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक भिआइपी गेस्टका रुपमा आउन लागेका हुन् । यूरोपियन च्याम्पियन नेपाली आदिप राना पनि च्यारिटीमा आउने तय भएको छ ।
संयोजक गाहामगरसँग शनिबार भएको भेटमा ‘वल्ड फोर्थ टप बक्सर’ जोन राइडर र १९९६ – १९९७ एबिए बक्सिङ सेमिफाइनलिस्ट तथा फाइनलिस्ट अलानले आफूहरु नेपाली समुदायबाट निकै प्रभावित भएको बताउंदै समस्त नेपाली समुदायलाई च्यारिटीमा आएर साथ दिन अपिल गरे । राइडर जेमी कोक्ससँग मे ५ मा लण्डन ओटुमा भिडदै छन् ।
अलान लण्डनमा केही क्लबका संचालक छन् । एबिए च्यामपियन्स कोनी र ब्रिटिश नम्बर थ्री बक्सर क्रिस ब्रोक गाहामगरका विद्यार्थी हुन् ।
च्यारिटीमा १० वटा फाइट हुनेछ । संयोजक गाहामगरले तयारी तीब्र भएको बताउदै ‘डोनेशन’ गरिदिन सबैमा अनुरोध गरेका छन् । कार्यक्रम ऐतिहासिक बनाउन गाहामगर दिन रात जुटेका छन् ।
डोनेशन गर्न
NRNA UK, Lloyds Bank
Sort code – 309988
Account No – 50757760
Ref – Boxing
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी