लन्डन । पीपल मोर्गेजेजले स्थापनाको दोश्रो वर्ष गांठ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ । गत शुक्रबार १६ मार्च २०१८ बेलुकी अल्डरसटस्थित एम्पायर हलमा वार्षिकोत्सव मनाइएको हो ।
गोर्खा वेलफेयर ट्रष्ट युकेको सहयोगार्थ च्यारिटी डिनरको समेत गरिएको उक्त कार्यक्रममा गत अप्रिल २०१७ यताका नयाँ ग्राहकहरुलाई मात्र आमन्त्रण गरिएको थियो । सो अवसरमा पीपल ग्रुपका डाइरेक्टर सूर्यप्रकाश गुरुङले उपस्थित व्यक्तिहरुले लिएको राफल ड्रबाट संकलित १ हजार १८० पाउण्डमा त्यति नै रकम थपी २ हजार ३६० पाउण्डको चेक गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरे ।
राफल ड्रमा प्रथम हुनेलाई एक तोला सुन तथा दोस्रो र तेस्रोलाई पीपल गिफ्ट भौचर प्रदान गरिएको थियो । त्यस्तै, सबभन्दा टाढा १५२, ११५ र ९४ माइलबाट कार्यक्रममा सहभागी ग्राहकहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा पीपल ग्रुपका डाइरेक्टर गुरुङले सबै उपस्थित महानुभावलाई स्वागत गर्दै दुइ वर्ष अघि फार्नबोरोबाट शुरु भएको आफ्नो व्यवसाय अहिले केन्टमा शाखा स्थापना गर्न सफल भएको बताए । उनले १६ जना कार्यरत रहेको सो ग्रुपले गत वर्ष देखि स्टेट एजेन्सी समेतको सेवा शुरु गरेको बताउदै मोर्गेजेज, प्रोटेक्शन, होम इन्स्योरेन्स र विलको बारेमा सल्लाह दिनुको साथै सस्तो र राम्रो मोर्गेज, प्रोटेक्सन र इन्स्योरेन्सहरूको खोजी गरिदिँदै आएको बताए । त्यस्तै, पिपल स्टेट एजेन्टस् मार्फत घर बेच्ने, भाडामा लगाउने र ब्यबस्थापन गर्ने काम गर्दै आएको समेत उनले जनाए ।
उनले ग्राहकहरुकै कारण व्यवसायिक सफलता सम्भव भएको भन्दै आउने दिनमा पनि आवश्यक सल्लाह र सुझाव दिने विश्वास व्यक्त गरे । ‘जसरी एउटा बालकले सबै कुरा जाने बुझेको हुंदैन तर इमान्दारीतापूर्वक कोशिस भने गरिरहेको हुन्छ, त्यस्तै हामीहरुले पनि सकेसम्म राम्रो, सरल र सुविधायुक्त सेवाको खोजीका लागि कोशिस गरिरहेका छौं’ – डाइरेक्टर गुरुङको भनाइ थियो ।
करिब ३०० जना भन्दा बढिको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली समुदायका अग्रज पनि थिए । ब्रिगेड अफ गोर्खाजको हिल बोइज नामक गोर्खा व्याण्डको सांस्कृतिक प्रस्तुति पनि कार्यक्रममा थियो । सो अवसरमा व्याण्डले ‘सयथरी बाजा एउटै ताल..’, ‘बिछोडको बेलामा…’, ‘रेशम फिरिरी…’ लगायतका धुन बजाएका थिए ।
त्यस्तै, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘चियाको बुटैमा’, ‘सुन साइली’, ‘भेडाको ऊन जस्तो’ लगायतका कालजायी गीत प्रस्तुत गरेको थियो । एभरेष्ट आइडल–२०१७ सोनाहाङ्ग राईले ‘तिमी बिना सक्तिन एक्लै’, ‘जति माया लाए पनि…’ लगायत विभिन्न गीत गाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।
क्यूओजिएलआरका कलाकारहरुले पाइपर र ड्रमको धुन बजाएर शुरु भएको कार्यक्रमलाई पीपल ग्रुपका शान्ति लिम्बु र सुवास पुनले सञ्चालन गरेका थिए भने डिजेमा हेम बिष्ट, भिडियोमा सविन्द्र कुमार गुरुङ र फोटोग्राफीमा मिलन तमुले बिशेष भूमिका निभाएका थिए ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार