लन्डन । रुम्जाटार सोसाइटी यूकेले रुम्जाटारमा बुद्ध गुम्बा निर्माणका लागि सहयोग जुटाउन शनिबार अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी नाइट गर्ने भएको छ ।
करिब ६ करोड रुपैयां लागतमा गुम्बा निर्माण गर्ने प्रोजेक्ट सहयोगार्थ उक्त च्यारिटी हुन लागेको हो । उक्त च्यारिटीका लागि नेपालबाट एक हुल कलाकार बेलायत आइसकेका छन् । टोलीमा गायक आनन्द कार्की, गायिका सुकमित गुरुङ, मिना देवी निरौला पोखरेल, राजु राजबहाक, रबि डंगोल, नम्रता योगी, धनकुमारी (सरु) थापा, जीवना बिके आदि बेलायत आएका छन् ।
यसअघि नै लन्डनमा रहेका दुई गायिका मिरा राणा र मौसमी गुरुङ समेत कार्यक्रममा सहभागी हुने आयोजकले बताएका छन् । स्थानीय सयपत्री कल्चरल ग्रुपको प्रस्तुति पनि कार्यक्रममा छ ।
थर्ड आइ कम्पनीका नामबाट कलाकार झिकाउने जिम्मा विकास देवकोटाले लिएका हुन् । गत वर्ष विवादास्पद फिल्म फेयर अवार्ड गरेको थर्ड आइले कलाकार झिकाएर च्यारिटीलाई उपलब्ध गराएको छ ।
च्यारिटी कार्यक्रम सामान्यतया कोष अभिवृद्धिका लागि गरिने भएपनि यो कार्यक्रममा भने आम्दानी भन्दा खर्च बढि हुने आशंका आयोजकलाई नै छ ।
च्यारिटी कार्यक्रम अघि सारेर कलाकारहरुलाई बेलायत घुमाउन मात्र सबै योजना बनाइएको हो । त्यति धेरै कलाकार झिकाउन हवाइ टिकट, खाना र होटल खर्चमात्र पनि कम्तीमा १५ लाख रुपैयां हुने अनुमान छ ।
बुद्ध गुम्बा निर्माण अभियानमा लागेका विष्णु गुरुंगले दर्जन कलाकार राखेर कार्यक्रम गर्नु खर्चिलो भएको स्वीकारेका छन् । ‘पैसा उठ्ला नउठ्ला तर कार्यक्रम कलाकारलाई प्लेटफर्म उपलव्ध गराउन र दाताहरुलाई मनोरन्जन दिलाउन गर्न लागिएको हो’, उनले भने, ‘कोही व्यक्तिले पैसा उठाएर लिन खोजिएको होइन ।’ गुरुङ देवकोटासंग निकट छन् ।
गुम्बा निर्माणका लागि सांच्चिकै सहयोग जुटाउने उद्देश्य हो भने बेलायतमै रहेका स्थानीय कलाकार ल्याएर च्यारिटी गरेको भए धेरै रकम वचत हुने यहांको समुदायको विश्वास छ ।
थर्ड आइले फिल्म फेयर अवार्डका बेला भने बेलायत आउने कलाकार, प्राविधिकलाई नै टिकट खर्च बेहोर्न भनेको थियो । बेलायतबाट पनि उत्तिकै प्रायोजक खोजिएको थियो ।
उक्त अवार्डबाट देवकोटाबाहेक उनका अरु साझेदारले भने घाटा बेहोर्न वाध्य भएको एकजना आयोजकले गुनासो गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि