
लन्डन । चलचित्र ‘शत्रु गते’ को वहुचर्चित गीत ‘रुपै मोहनी…’ का गायक टंक बुढाथोकीको स्वर एवं संगीत रहेको ‘किन हेरयौ फर्किएर’ बोलको गीतमा पहिलो मिसेस नेपाल यूके २०१७ आस्था जोशीले अभिनय गरेकी छिन् ।
सानै देखि कला क्षेत्रतिर आकर्षित आस्थाको भिडियो खेल्ने सपना बेलायत आएर पुरा भएको छ । बेलायतमा आयोजित विविध कार्यक्रममा आफ्नो प्रस्तुति दिएपनि म्यूजिक भिडियोमा भने पहिलो चोटी अभिनय गरेकी हुन् आस्थाले ।
नृत्यमा पारंगत आस्थालाई यस अघि पनि म्यूजिक भिडियो अफर नआएको थिएन तर, व्यस्तता र राम्रो मेकरको पर्खाइमा बल्ल आफ्नो इच्छा पुरा भएको उनले बताइन् ।
‘बेलायतमा राम्रो मेकरको रुपमा स्थापित कुशल श्रेष्ठले भिडियोका लागि प्रस्ताव राखेपछि उत्साहित हुंदै भिडियो गर्ने निर्णय लिएं’, आस्थाले भनिन्, ‘यो मेरा लागि ठूलो अवसर हो, मौका पाए भविष्यमा पनि नेपाली समुदाय लगायत अन्य समुदायमा काम गर्न उत्साहित छु ।’
अध्यापन पेशाका सर्वेन्द्र अधिकारीले गीत लेखेका हुन् भने भिडियोमा उनी आफैं आस्थासंग अभिनय गर्दैछन् । विगत दश वर्षदेखि स्थायी रुपमा बेलायत बस्दै आएका सर्वेन्द्रको रेकर्डिङ गरिएको यो पहिलो गीत हो ।
निर्देशक कुशल श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको यो म्यूजिक भिडियोमा सह निर्देशन विष्णु श्रेष्ठ तथा सह छायांकन विकेशराज बस्नेतको छ । भिडियो छिट्टै सार्वजनिक गरिने निर्देशक श्रेष्ठले बताएका छन् ।
लन्डन फेसन हाउसले २०१७ मा पहिलो पटक आयोजना गरेको ‘मिसेस नेपाल यूके’ को टाइटल जितेपछि उनी केही समययता मिडियामा छाएकी छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी