लण्डन । युके नेपाल फ्रेण्डसिप सोसाइटीको पहलमा वेल्समा नेपालमा व्यापार प्रवर्धन र सम्बन्ध विस्तारका विभिन्न कार्य गरिएको छ ।
सो क्रममा बेलायतमा क्रियाशील नेपाली सामुदायिक संस्थाहरु ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी र सहारा युकेका प्रतिनिधिहरुले यही मार्च ६ तारिखका दिन कार्डिफस्थित वेल्सको संसदको अवलोकन भ्रमण गरेका छन् ।
बिजिडब्ल्युएसका अध्यक्ष मेजर रिटायर्ट टिकेन्द्र दल देवान जेपी, महासचिव छत्र राई र सदस्य गजवीर थापा तथा सहारा युकेका तर्फबाट लेफ्टिनेण्ट रिटायर्ड कुसाङकुमार गुरुङ सो प्रतिनिधि मण्डलमा रहेका थिए ।
युके नेपाल फ्रेण्डसिप सोसाइटीका अध्यक्ष अलान मार्सल स्यांकाका अनुसार, सो टोलीले वेल्सका मुख्यमन्त्रीसितको प्रश्नोत्तर र अन्य गतिविधि हेर्ने मौका पाएका थिए । नेपालमा पनि संघीय व्यवस्थाअनुसार प्रदेशहरुमा संसद संचालन हुँदै गरेको अवस्थामा सो अनुभवबाट प्राप्त ज्ञानलाई नेपालका संसदको सभामुखसम्म पुरयाइने बताइएको छ ।
मह उत्पादनमा वेल्सका विज्ञले सघाउने
युके नेपाल फ्रेण्डसीप सोसाइटीको पहलमा वेल्सको किडविथ्यो कम्पनीले नेपालमा मौरीपालन र मह उत्पादनमा सघाउने भएको छ ।
सोसाइटीले कार्डिफमा रहेको सो कम्पनीको भगिनी प्रतिष्ठान टाइ ग्वेन लिमिटेडलाई नेपालका मौरीपालन र मह उत्पादनमा सघाउन छनौट गरेको हो । सो कम्पनीसित मौरी पालन र मह उत्पादनमा ३० वर्षभन्दा लामो अनुभव छ ।
सो योजनाअन्तर्गत सो कम्पनीले विद्युतीय प्रविधिको प्रयोग गरी मौरीको घारको अनुगमन लिने र घारको प्रभावकारी व्यवस्थापन गरी बढीभन्दा बढी उत्पादन गर्न कृषकलाई सहयोग गरिने छ ।
जीनर्जी र एमआइबीच समझदारी
यसैगरी नेपालीहरुको उर्जा प्रदायक कम्पनी जीनर्जी र अमेरिकी कम्पनी (एमआइ) बीच नेपालमा हाइड्रोपावर क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । एमआइले इन्जिनियरिंग क्षेत्रमा दक्षता र आपूर्ति व्यवस्था समन्वयका बारेमा सहयोग गर्नेछ । वेल्समा नेमिन लिमिटेड र किडविथ्योले सो कार्यमा सहभागिता जनाउने छ । दुवै कम्पनीले नाफामूलक र व्यावहारिक उर्जा परियोजना बनाउन युके र नेपालमा उत्प्रेरकको कामगर्ने विश्वास लिएका छन् ।
थिंग्स टु डु इन नेपाल शुरु
पर्यटन र व्यापार प्रवर्धनको क्षेत्रमा इ-कमर्समा क्रियाशील बेलायती कम्पनी ‘थिंग्स टु डु’ ले नेपालमा पनि व्यापार विस्तार गरेको छ ।
कार्डिफमा आयोजित युके नेपाल ट्रेड एण्ड बिज्नेस इभेण्टमा सोमा सो कम्पनीका प्रबन्धक पल नासले नेपालमा पनि नेटवर्क विस्तारले नेपालका विज्ञ, स्रोत र उत्पादनहरुलाई पश्चिमा बजारसित जोड्ने विश्वास लिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?