लण्डन । ब्रिटेनको वेल्स राज्य तथा नेपालबीच लगानी, पर्यटन एवम् व्यापार प्रवर्द्धन गर्न संस्थागत पहल शुरु गरिएको छ ।
युके नेपाल फ्रेण्डशीप सोसाइटी (युकेएनएफएस) को संयोजनमा युकेस्थित व्यवसायीहरुको एक टोलीले हालै कार्डिफ बे स्थित वेल्स संसदको भ्रमण गर्यो । त्यसपछि कार्डिफस्थित रोयल होटलमा आयोजित एक कार्यक्रममा विभिन्न सम्झौता तथा समझदारीपत्रहरुमा हस्ताक्षर गरिएको थियो ।
मेशिनिस्ट्स इंक (एमआइ) र भूतपूर्व गोर्खा सैनिकहरुले प्रवर्द्धन गरेको फार्नबरोस्थित कम्पनी जीनर्जीबीच एक समझदारीपत्रमा हस्ताक्षर गरियो । जसअनुसार एमआइले आफ्नो इन्जीनियरिङ दक्षता र आपूर्ति प्रणाली सम्बन्धि जानकारी जीनर्जीसंग साझेदारी गर्नेछ । त्यसमा वेल्समा दुईवटा कम्पनीहरु नेमीन लिमिटेड तथा किडविथियो लिमिटेड पनि सहभागी हुनेछ ।
त्यस्तै युकेएनएफएसले नेपालमा माहुरीपालन उद्योगलाई सघाउन वेल्सस्थित किडविथियो लिमिटेड र उसकै भगिनी कंपनी टी ग्वेनीन लिमिटेडलाई छनोट गरेको छ । टी ग्वेनीन लिमिटेडले अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी माहुरीको चाकाको अनुगमन तथा उत्कृष्ट व्यवस्थापनद्वारा मह उत्पादन बढाउन सघाउने काम गर्दछ ।
सोही अवसरमा नेपालमा पर्यटन र व्यापार व्यवसायको प्रबर्द्धन गर्न थिङ्ज टु डु इन नेपाल नामक प्लेटफर्मको तयारी पुरा भएको पनि घोषणा गरिएको थियो । सो व्यवसायबाट प्राप्त मुनाफाको केही अंश युकेएनएफएस मार्फत नेपालमा सामाजिक क्षेत्रमा खर्च गर्ने पनि सहमति भएको छ ।
यसअघि ब्रिटिश गोर्खा वेलफेयर एसोसियसनका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्रदल देवान, महासचिव छत्र राई, गजवीर थापा र सहारा युकेका लेफ्टिननट कुसाङ गुरुङ सम्मिलित एक टोलीले वेल्स संसदको भ्रमण गरी त्यहाँ भैरहेका कामकारवाहीको अवलोकन गरेको थियो।
‘वेल्स राज्य र नेपालबीच व्यापार, पर्यटन तथा लगानी प्रबर्द्धनको शुरुआत गर्न पाएकोमा हामी निकै खुसी छौं । यो प्रयास आगामी दिनमा अरु झांगिने हामीले विश्वास लिएका छौं’- युकेएनएफएसका अध्यक्ष एलान मर्कल सांकाले भने।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि