
लन्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । मञ्चको महिला विभागले मंगलबार सांझ लन्डन नर्थ हयारोमा गरेको कार्यक्रममा डेढ दर्जन सहभागी थिए ।
मञ्चकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख सरस्वती केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरुको अवस्था र उनीहरुको अधिकारका विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीले महिला अधिकार र अवसर प्राप्तिका लागि महिलाले नै थप संघर्ष र प्रयास गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी थिए भने विशेष अतिथिको रुपमा नेपालवाट आएकी अन्तर्राष्ट्रिय महिला लायन्स क्लवकी पूर्व अध्यक्ष राधा पौडेल थिइन् । मञ्चका महासचिव विजयविक्रम लिंगदेन, कार्यसमिति सदस्यहरु वसन्त नेपाल, कृष्ण तिवारी लगायत पनि सहभागी थिए ।
कार्यक्रमको अन्तमा सहभागीले सांस्कृतिक प्रस्तुति पनि दिए । हरेक वर्ष मञ्चले नारी दिवस मनाउंदै आएको छ । तर, हतार हतार गरिने उसका कार्यक्रममा उपस्थिति झिनो रहन्छ ।
आगामी वर्ष रेडिङमा कार्यक्रम गर्ने योजना मञ्चको छ ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त