
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीले यस वर्ष पनि नेपाली नयां वर्ष मनाउने भएको छ । आगामी १५ अप्रिल आइतबार सांझ एसियन कम्युनिटी सेन्टरमा भव्य रुप मनाउने तयारी भइरहेको कार्यक्रम संयोजक जीवन सेनले जनाए ।
‘कार्यक्रम यस वर्ष अलिक फरक ढंगले मनाउन गइरहेका छौं’- संयोजक सेनले भने, ‘राफल ड्र का साथै विविध सांस्कृतिक कार्यक्रमले भरपूर मनोरञ्जन दिने हाम्रो योजना छ ।’ उनका अनुसार, राफल ड्र मा प्रथम पुरस्कार १ तोला सुन र दोस्रो पुरस्कार आधा तोला सुन छ । साथमा अरु आकर्षक पुरस्कार समेत छन् । नेपालबाट आएका ख्यातिप्राप्त कलाकारका साथै स्थानिय कलाकारबाट पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
संस्थाका अध्यक्ष हरि गोविन्द गुरुङले यो कार्यक्रम कुनै जिल्ला, गाउं, समाज, जातजाति वा राजनैतिक पार्टीको नभई सबै नेपालीको साझा कार्यक्रम रहेकाले हर्ष उल्लासका साथ मनाउन समस्त नेपाली समुदायमा आव्हान गरेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता