
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीले यस वर्ष पनि नेपाली नयां वर्ष मनाउने भएको छ । आगामी १५ अप्रिल आइतबार सांझ एसियन कम्युनिटी सेन्टरमा भव्य रुप मनाउने तयारी भइरहेको कार्यक्रम संयोजक जीवन सेनले जनाए ।
‘कार्यक्रम यस वर्ष अलिक फरक ढंगले मनाउन गइरहेका छौं’- संयोजक सेनले भने, ‘राफल ड्र का साथै विविध सांस्कृतिक कार्यक्रमले भरपूर मनोरञ्जन दिने हाम्रो योजना छ ।’ उनका अनुसार, राफल ड्र मा प्रथम पुरस्कार १ तोला सुन र दोस्रो पुरस्कार आधा तोला सुन छ । साथमा अरु आकर्षक पुरस्कार समेत छन् । नेपालबाट आएका ख्यातिप्राप्त कलाकारका साथै स्थानिय कलाकारबाट पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
संस्थाका अध्यक्ष हरि गोविन्द गुरुङले यो कार्यक्रम कुनै जिल्ला, गाउं, समाज, जातजाति वा राजनैतिक पार्टीको नभई सबै नेपालीको साझा कार्यक्रम रहेकाले हर्ष उल्लासका साथ मनाउन समस्त नेपाली समुदायमा आव्हान गरेका छन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची