लन्डन । चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्ले नेपाली र त्यसमा पनि गोर्खाहरुका लागि नौलो नाम होइन । भूपू गोर्खाहरुको आवासीय अधिकार आन्दोलनमा अग्रमोर्चामा आएर उनले साथ दिएपछि बेलायत सरकार गोर्खा सामु झुक्न वाध्य भएको थियो । तिनै अभिनेत्रीले नेपालमा महाभूकम्प गएपछि गरेको कारुणिक अपिलले अर्बौं सहयोग उठ्न सम्भव भएको ठानिन्छ ।
भूपू गोर्खाहरुले नेपाली चेली ठान्ने अभिनेत्री जोआनाले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस नेपाली महिलाहरुका साथ मनाइन् । बुधबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा राष्ट्रिय पोशाक सारी र गरगहनामा सजिएका महिलाहरुबीच घेरिइन् । नेपालीको न्यानो आतिथ्यले दंग देखिन्थिइन् जोआना ।
कार्यक्रमलाई सम्वोधन गर्दै उनले दूतावासमा पाएको न्यानो स्वागतका लागि आभार ब्यक्त गर्दै महिलालाई हरेक कुरा सिक्न सुझाव दिइन् । उनले महिलालाई बिशेष गरि स्वास्थ, खाना र शिक्षामा निपुण रहन पनि जोड दिइन् ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना सहित गोर्खाहरुको वीरता प्रशंसा गर्दै गोर्खाले बेलायत नेपाल सम्बन्ध अझ मजबुत बनाएको बताए । राजदूत सुबेदीले बर्षमा तिज र नारी दिवस गरी दुई पटक दूताबासमा महिलाका लागि मात्र कार्यक्रम गरिएको बताए ।
‘म दूताबासलाई नेपाली महिलाहरुको ‘माइतीघर’ बनाउन चाहन्छु’- उनले भने । कार्यक्रममा राजदूतले जोआनालाई मायाको चिनो प्रदान गरे ।
राजदूत पत्नी पुनमराज्य लक्ष्मी सुबेदीले स्वागत मन्तब्य दिदै सबै नारीलाई एक गराउने काममा नारी दिवसले मद्दत गर्ने उल्लेख गरिन् । उनले जोआनाले गोर्खाहरुका लागि ठूलो गुन लगाएको सम्झिइन् ।
कार्यक्रममा चर्चित गायिका मिरा राणाले ‘जहाँ गाए पनि…’ र ‘मखमली चोलो…’ बोलको गीत गाएर जोआनालाई स्वागत गरिन् ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नाच समेत प्रस्तुत गरियो ।
कार्यक्रममा गायिका मथुरा श्रेष्ठले पनि गीत सुनाइन् भने अमृता गिरी, आस्था जोशी, आयुशा श्रेष्ठ, अनु श्रेष्ठ, सौरभी दाहाल, संगिता मगर, सिम्मी पुन र दिक्षा सुनुवारले नाच प्रस्तुत गरे । साना बालिकाहरु दिब्या र काब्याले ‘बनमा फुल…’ मा देखाएको नाचले सबैको ध्यान खिचेको थियो । अन्तिममा जोआनासहित सहभागी महिला ‘काका कुल झैं भको…’ गीतमा सामूहिक नाचे ।
जोआनाले कलाकारहरुलाई खादाले सम्मान गरिन् ।
तस्बिर सबै – मिलन तमु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा