लन्डन । ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ लेखिएको टिसर्ट लगाएर एक नेपाली सप्ताहन्त भएको ‘बिग हाफ म्याराथन’ मा दौडिए ।
साउथ इष्ट लन्डनस्थित ग्रीनवीच निवासी फुलप्रसाद कंडेल पहिलो पटक आफ्नो लामो दुरी दौडमा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश लेखिएको टिसर्ट लगाएर दौडिएका हुन् । १३.१ माइल दुरीको उक्त दौड कंडेलले २ घण्टा २६ मिनेट ४८ सेकेन्डमा पार गरेका थिए । ‘बुद्ध जन्मस्थलबारे विभिन्न भ्रम फैलिरहेका बेला मैले दौडमा बुद्ध सन्देश नै प्रवाह गर्न सान्दर्भिक ठानें’- बेलायतमा डेढ दशकदेखि बस्दै आएका कंडेलले भने । उनले उक्त टिसर्ट लगाएर दौडने अनुमति लिन आयोजकलाई ५ सय पाउण्ड तिर्नुपरेको बताए । ‘पैसा भन्दा पनि सन्देश महत्वपूर्ण हो’- कंडेलले भने, ‘राष्ट्रियता सवालमा आ आफ्नो तर्फबाट सानै भएपनि प्रयास गर्नु हामी सबैको दायित्व हो जस्तो लाग्छ ।’
भाइटलिटी बिग हाफ म्याराथन पहिलो पटक गत ४ मार्च, २०१८ मा सम्पन्न भएको हो । उक्त दौड लन्डन म्याराथन इभेन्ट्स लिमिटेडले गरेको थियो । लन्डन टावर ब्रिजबाट शुरु उक्त दौड साउथवार्क, टावर हयाम्लेटस, लुइसम हुंदै ग्रीनवीच कट्टी सार्कमा समापन भएको थियो । दौडमा ११ हजार बढिले भाग लिएका थिए ।
उक्त दौडमा चार पटकका ओलम्पिक च्याम्पियन मो फराह आकर्षण थिए जसले ६१ मिनेट ४० सेकेन्डमा पार गरेर उक्त दौड जिते ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि