
वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकपछि पत्रकारलाई जानकारी दिँदै फोरमका अध्यक्ष उपेन्द्र यादव । तस्वीर- रासस
काठमाडौँ, १७ फागुन – वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकबारे जानकारी दिँदै फोरमका नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो, ‘छलफल जारी छ, हामी बीचमा भएका अनौपचारिक छलफललाई पार्टीमा आन्तरिक छलफल गरी अनुमोदन गर्दै औपचारिक सहमति गरिनेछ ।’
मधेश आन्दोलनका क्रममा उठाएका मागका आधारमा संविधान संशोधनसँगै राजनीतिक सहकार्य गर्नेबारेसमेत छलफल भएको नेता श्रेष्ठको भनाइ छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने