लन्डन । ब्रिटेनको अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष तथा लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले बालबालिकाको सुरक्षा र संरक्षण, बेचबिखन जस्ता समस्या लाई सम्वोधन गर्न नेपालको नयां सरकारले काम गर्ने आशा व्यक्त गरेका छन् । उनले बालबालिकाको शिक्षा र सीप विकासमा बढी ध्यान दिन आवश्यक रहेको समेत बताए । ‘आज हामीले बालबालिकालाई उपयुक्त वातावरण र मद्दत गरयौं भने उनीहरुले आफैं देश बनाउन सक्छन्’, मंगलबार सांझ संसद भवनमा आयोजित एक कार्यक्रममा सांसद शर्माले भने, ‘त्यसकालागि आर्थिक लगानी गर्न आवश्यक छ ।’
पोखरामा मुख्यालय रहेको बेलायतको एउटा च्यारिटी संस्था किडासाले गरेको कार्यक्रममा सांसद शर्माले गएको दश वर्षमा पांच पटक नेपाल भ्रमण गरेको उल्लेख गर्दै गोर्खा समुदायका समस्या समाधान गर्न आफूले काम गरिरहेको पनि बताए । उनले नेपालको प्राकृतिक सौन्दर्यको समेत वर्णन गरे ।
कार्यक्रममा किडासाकी प्रमुख कार्यकारी अधिकृत जेनिस मिलरले नेपालमा तीव्र तर अव्यवस्थित शहरीकरणसंगै सडक बालबालिका र जोखिमयुक्त वातावरणमा काम गर्ने बालबालिकाको संख्या हवात्तै बढेको बताइन् । पोखराजस्ता पर्यटकीय क्षेत्रमा बालबालिकाको यौन शोषण लगायतका जोखिम उच्च रहेकाले पनि त्यहां आफ्नो संस्थाले बालबालिकाकालागि वैकल्पिक शिक्षा, तालिम तथा रोजगारदाताहरुसंग मिलेर उनीहरुको वृत्ति विकासकालागि काम गरिरहेको उनले बताइन् ।
पोखरा उद्योग वाणिज्य संघ, पोखरा उपमहानगरपालिका लगायत निकायसंग मिलेर काम गरिरहेको बताउंदै उनले नेपालमा उच्च जोखिममा रहेका शहरी बालबालिकाको हित संरक्षण गर्न ध्यान दिन पनि सबैमा आग्रह गरेकी छन् ।
दुई दशक अघि स्थापित च्यारिटी संस्था किडासाले पोखरामा ५० प्रतिशत बाल श्रम घटाएको दावी गरेको छ । गत वर्ष संस्थाले २०३३ जना सडक र जोखिमका रहेका बालबालिकालाई सहयोग तथा १२२४ जना किशोर किशोरीलाई स्वास्थ्य शिक्षा प्रदान गरेको बताएको छ ।
उक्त कार्यक्रममा अन्य बेलायती राजनीतिज्ञ, नेपाली संघसंस्थाका प्रतिनिधि र किडासा आवद्ध पदाधिकारी सहभागी थिए ।
तस्विरहरु- शिव भण्डारी
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा