लन्डन । समय अति बलवान हुन्छ, निष्ठुरी पनि अति हुन्छ भन्थे । ‘आयो टप्प टिप्यो लग्यो टरेर टर्दैन त्यो…’ भन्ने वाक्यांश सुनेको थिएं । दैव कति निष्ठुरी रहेछन् । गत २० जनवरी २०१८ का दिन सिन्धुपाल्चोक धादिङ घर भई हाल यूके रेडिङ निवासी राजकाजी लामाको अल्पायुमै रहस्यमय ढंगबाट निधन भएको दुःखद खबरले सम्पूर्ण आफन्तजन, साथीभाई, शुभचिन्तकहरु मर्माहत भएका छन् ।
लामा एक सरल, कुशल अनि स्वभिमानी, स्नातकोत्तरसम्म अध्ययन गरेको जुझारु युवा तथा शिक्षित तामाङ घेदुङ यूकेका आजीवन सदस्य थिए । गत २० फेब्रुअरी, २०१८ का दिन उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आफन्तजन, साथीभाई, इष्टमित्र, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।
उक्त श्रद्धाञ्जलि कार्यक्रम मृतकको परिवार र तामाङ घेदुङ यूकेको अगुवाइमा सम्पन्न भएको थियो । मृतकको पार्थिव शरीरमा फूल गुच्छा र खादा चढाउन तमु समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङ, पूर्व महासचिव लेक्चरर प्रेम लामा, म्हेन्दोमाया परिवार यूकेका प्रतिनिधि तथा धादिङ नुवाकोट समाज यूकेका निवर्तमान अध्यक्ष बम ब्लेंथेन, सूर्य तामाङ र धादिङ नुवाकोट समाजका महासचिव, कोडेक यूके, ल्ह म्हेंदो तामाङ समाज लन्डन र तामाङ समाज यूकेका सल्लाहकार धन पाख्रीन, तामाङ सोसाइटी यूकेका अध्यक्ष श्रीमति अन्जु तामाङ र पूर्व महासचिव, तामाङ समाज यूकेका अध्यक्ष दीपक गोले र कोषाध्यक्ष सुरेश वाइबा लगायत अन्य संघ संस्थाका पदाधिकारीहरु मृतकका आफन्तजन, साथीभाई, शुभचिन्तकहरु लगायत तामाङ घेदुङ यूकेका सम्पूर्ण सदस्यहरुको उपस्थिति थिए ।
स्वर्गीय लामाको बायोग्राफी संस्थाका अध्यक्ष प्रेम लामाले भावुक भएर वाचन गर्दा उपस्थित सम्पूर्णको आंखा रसाए । धेरैको मुटु भक्कानियो । पार्थिव शरीरलाई खेम्पो गुरु र लामा गुरुहरुले बौद्ध धर्म अनुसार, तामाङहरुको रितिरिवाज अनुरुप अन्तिम दाहसंस्कार गरियो ।
अन्तिम दाहसंस्कारपछि तामाङ घेदुङ यूकेले दिवाभोज व्यवस्था गरेका थिए । सोही अवसरमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले मृतकका परिवारलाई सान्त्वना स्वरुप जम्मा भएको केही सहयोग रकम तामाङ घेदुङ यूकेका अध्यक्ष प्रेम लामा र संस्थाका निवर्तमान अध्यक्ष तेन्जी पाख्रीन, तमु समाज यूकेका अध्यक्ष अर्जुनकुमार गुरुङ, तामाङ सोसाइटी यूकेका अध्यक्ष श्रीमती अन्जु तामाङ, म्हेन्दोमाया परिवार यूकेका प्रतिनिधि वम ब्लेंथेन, तामाङ समाज यूकेका अध्यक्ष दीपक गोलेले हस्तान्तरण गरेका थिए ।
घेदुङका उपाध्यक्ष तथा सफल युवा व्यवसायी दावा स्याङबोले तामाङ घेदुङ यूके र मृतक परिवारको तर्फबाट अन्तिम दाहसंस्कारमा उपस्थिति सबैप्रति आभार व्यक्त गरेका छन् ।
गहिरो शोकले विक्षिप्त स्वर्गीय लामाकी श्रीमति मोना लामा, नावालक दुई वर्षीया छोरी र आमालाई भगवानले धैर्य धारणा गर्ने प्रवल शक्ति प्रदान गरुन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने