लण्डन । नेपाली राजदूतावास लण्डनले वेल्सको राजधानी कार्डिफमा एक विशेष समारोह आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।
लण्डन लगायत वेल्स राज्यका कार्डिफ, व्रेकन, स्वान्सी, कुम्ब्रान, न्यूपोर्ट, निथ र एवरगामानी लगायतमा बसोबास गर्ने नेपालीहरु, गैर आवासीय नेपाली संघ लगायत नेपाली संघसंस्था र समाजका पदाधिकारी र प्रतिनिधि समेत गरी दुई सयभन्दा बढी नेपाली र वेलायती नागरिकहरुको उपस्थिति रहेको सो समारोहमा वेलायती सांसद सम्माननीय क्रिस डेवीज प्रमुख अतिथी रहनुभएको थियो ।
समारोहमा कार्डिफ, ब्रेकन, बनाथ र तालघाट नगरका मेयर, वेल्स संसदका सदस्य र पदाधिकारीहरु एवं नेपाल र नेपालीसंग सम्बद्ध गैरसरकारी संस्थाका प्रमुख र पदाधिकारीहरुको उपस्थिति थियो ।

समारोहमा स्वागत मन्तव्य दिदै संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापना गर्न जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै लोकतन्त्रको उज्यालोमा नेपालमा नागरिक अधिकार, वालिग मताधिकार र मानवाधिकारको जग बसेको बताउनु भयो ।
यसै वर्ष स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद गठन भई तीनै तहमा सरकार निर्माण भइसकेको बताउंदै राजदूत सुवेदीले राजनैतिक उपलव्धीहरु संस्थागत भई मुलुकमा राजनैतिक स्थायित्व हासिल भइसकेको परिप्रेक्ष्यमा अब मुलुकको एक मात्र लक्ष्य आर्थिक विकास र समृद्धि रहेको प्रकाश पार्नुभयो ।
मुलुक आर्थिक विकासको मार्गमा अग्रसर भइरहेको यस घडीमा देश बाहिर रहेका नेपालीहरुको पनि आर्जित पूँजी, शिक्षा, दक्षता र अनुभवद्वारा नेपालमा योगदान अपरिहार्य रहेको बताउंदै महामहिम डा. सुवेदीले नेपाल र नेपालीलाई कष्ट र कठिनाई पर्दा वेलायतवासी नेपालीहरुको सधैं साथ र सहयोग रहेको बताउनुभयो ।
समारोहमा प्रमुख अतिथीको आसनबाट मन्तव्य व्यक्त गर्दै बेलायतको प्रतिनिधि सभाका सदस्य सम्माननीय क्रिस डेवीजले यसैवर्ष तीन तहको निर्वाचनद्वारा विधिवत सरकार गठन भई नेपालमा लोकतन्त्र संस्थागत हुनुका साथै राजनैतिक स्थायित्व हासिल भएको परिप्रेक्ष्यमा अबको नेपाल र नेपालीको गन्तव्य आर्थिक विकास रहनु उपयुक्त रहेको विचार व्यक्त गर्नुभयो ।
दुई सय वर्ष भन्दा लामो दौत्य सम्बन्ध रहेको बेलायत र नेपालबीचको सम्बन्ध सुमधुर, प्रगाढ मात्र नभई ऐतिहासिक रहेको बताउंदै नवनिर्वाचित सरकारलाई वेलायत सरकार, बेलायती संसद र वेलायती जनताको सहयोग र समर्थन रहने बताउनुभयो ।
लण्डनस्थित नेपाली राजदूतावासको सक्रियता र सार्थक गतिविधिहरुको प्रशंसा गर्दै प्रमुख अतिथी सम्माननीय डेवीजले वेलायतको नेपाली समाज संगठित, गतिशील र जीवन्त रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको दोस्रो खण्डमा स्थानीय नेपाली कलाकारद्वारा नेपाली संस्कृति झल्कने एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नेपाली दिवा भोजको आयोजना गरिएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा