
लन्डन । लन्डनमा बुद्ध विश्व शान्ति रयाली निकालिने भएको छ । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको व्यवस्थापनमा बुद्ध जयन्तीको अवसर पारेर चौंथो विश्व शान्ति रयाली गर्न लागिएको हो ।
आगामी मे १९ तारिखका दिन उलवीच लन्डनस्थित मुलग्रेभ प्राइमरी स्कुलबाट विश्व शान्ति पदयात्रा शुरु गरेर प्लमस्टिड हाइस्ट्रिट पुगी फेरी त्यही बाटो परिक्रमा गरेर रयाली समापन गरिने रयाली संयोजक सुमलकुमार गुरुङले बताए ।
सन् २०१४ सालदेखि नेपालीहरुले गर्दै आएको वृहत बुद्ध विश्व शान्ति रयालीमा ग्रीनवीच बरोका काउन्सिलरहरु, बेलायतका लागि नेपाली राजदूत लगायत यस क्षेत्रका सयौं नेपालीको सहभागिता रहने गर्दछ । यस वर्ष पनि व्यापक बनाउन तयारी भइरहेको संयोजक गुरुङले जानकारी दिए ।
बुद्ध विश्व शान्ति रयालीको मुल उद्देश्य भगवान बुद्धको दर्शन र भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयलाई प्रकाश पार्न तथा नेपालीहरुलाई एकैथलोमा ल्याएर ऐक्यवद्धता, आपसी सहिष्णुताको अनुभूति र नेपाली हुनुको गर्व सम्प्रेषण गर्ने रहेको बताइएको छ ।
दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले बेलायतभरका विभिन्न नेपाली संघसंस्थालाई रयालीमा सहभागिताका लागि अपिल गरेको छ ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न