लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले आगामी ४ मार्च २०१८ का दिन ‘पारिजात जयन्ती तथा मुक्तक वाचन’ कार्यक्रम गर्ने भएको छ ।
चाल्टन फुटबल क्लब परिसरमा भव्यताका साथ कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले बताएका छन् ।
अनेसास बेलायत च्याप्टरले यस पटक पारिजात जयन्तीको अवसरमा अमेरिकाबाट बेलायत भ्रमणमा आउन लागेका वरिष्ठ साहित्यकार तथा मुक्तक शिरोमणी तीर्थराज अधिकारीलाई प्रमुख अतिथिको हैसियतमा स्वागत, सम्मान तथा उनको एकल मुक्तक वाचनको तारतम्य मिलाएको जानकारी अध्यक्ष गुरुङले दिए ।
त्यसदिन बेलायतका सर्जकहरुलाई आ-आफ्नो रचना वाचनको मौका प्रदान गरिने पनि अध्यक्षले बताए । संस्थाले बेलायतका सर्जकहरुलाई कार्यक्रममा ऐक्यवद्धता जनाएर सफल पारिदिन अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले वर्षभर आधा दर्जन जति साहित्यिक गोष्ठी सञ्चालन गर्दै आएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन