लन्डन । एनआरएनए यूके सल्लाहकार परिषदको बैठक आइतबार भिलेज होटल फार्नबोरोमा सम्पन्न भएको छ । बैठकमा करिब दुई सय सल्लाहकारले विभिन्न सुझाव प्रस्तुत गरे । संघले सहभागी सल्लाहकारहरुबाट प्राप्त रचनात्मक सुझाव सल्लाह ग्रहण गरि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने अठोट लिएको छ ।
झण्डै ५ घण्टा लामो सल्लाहकार परिषद बैठकपछि रयापोटरहरु नवीन पोखरेल, पूर्ण गुरुङ र नरेश खपांगीमगरले प्राप्त सुझावहरु १० बुंदामा उतारेका छन् ।
सहभागीहरुबाट प्राप्त मुख्य सुझाव यसप्रकार छ-
१. गोरखाहरुको समान पेन्सनसम्बन्धी मुद्दालाई कुटनीतिक हिसाबले पहल गरी यथाशक्य छिटो समाधान गर्न मद्दत गर्ने ।
२. एनआरएनए यूकेको शाखा विस्तार काउन्टीलाई आधार बनाइ गर्नुपर्ने र यूकेका सबै नेपालीलाई समेट्ने गरी संगठन विस्तार गर्नुपर्ने । सबै नेपाली संस्थाका अध्यक्षलाई पदेन सल्लाहकार चयन गरी उनीहरुलाई सदस्यता वृद्धि गर्ने ।
३. नेपाल हाउस प्रोजेक्ट हाम्रो सन्ततिको गौरवको योजना भएकाले यसलाई अगाडि बढाउनुपर्ने । नेपाल हाउस योजनालाई वेवसाइटमार्फत प्रभावकारी सूचना दिने र
सञ्चालनका लागि स्थायी सचिवालय बनाउने ।
४. बेलायतका नेपाली समुदायमाझ र विशेषगरी वृद्धवृद्धाहरुमाझ स्वास्थ्यचेतना फैलाउने । नेपाल तथा बेलायतमा स्वास्थ्य शिविरहरु सञ्चालन कार्यक्रम गर्ने ।
५. एनआरएनए यूकेले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने ।
६. महिला तथा युवाहरुलाई एनआरएनए यूकेमा आवद्ध हुन उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने । संस्थामा महिला प्रतिनिधित्व बढाउनुपर्ने । युवाहरुलाई शिक्षा र रोजगारका लागि कार्यक्रम ल्याउनुपर्ने ।
७. एनआरएन युकेलाई विद्युतीकरण गर्नुपर्ने । सदस्यता सधैं खुल्ला हुनुपर्ने र सदस्यता वितरण निर्वाचन हुनुभन्दा एक महिनाअघि बन्द गर्नुपर्ने ।
८. च्यारिटी कमिसनमा दर्ता भएका नेपाली संस्थाहरुलाई पदेन सदस्य कायम गर्ने
९. नेपाली नागरिकता बचाऔं अभियानलाई सहयोग र ऐक्यवद्धता जनाउने
१०. यूकेमा रहेका नेपालीले व्यक्तिगत र संस्थागतरुपमा नेपालमा शिक्षा स्वास्थ्य, पर्यटन क्षेत्रमा गरिरहेको सहयोगका बारेमा रेकर्ड राख्ने ।
कार्यक्रममा प्रमुख अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, योगेन क्षेत्री र आइसीसी सदस्य रामशरण सिम्खडाले शुभकामना मन्तव्य दिंदै सल्लाहकारहरुलाई संघको उद्देश्य पुरा गर्न एवं यसको गरिमा तथा प्रतिष्ठा उंचो राख्न रचनात्मक सल्लाह दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले एक ‘प्रिजेन्टेसन’ दिंदै आफ्नो नेतृत्वमा गत ९ सेप्टेम्बरदेखि संघले गरेका गतिविधिबारे विस्तृत जानकारी दिए । उनले बेलायतका चार राज्यमा समिति विस्तारका सिलसिलामा ‘नर्दन आयरल्याण्ड राज्य समिति गठन’ गरि सकिएको बताउंदै गठित अन्य विभिन्न उपसमितिले प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरे ।
लन्डनस्थित नेपाली दूतावाससंग सहकार्य गरि अगाडि बढिएको, लन्डनमा प्रधानन्यायधिशको सम्मान, अक्टोबरमा विश्व सम्मेलनमा १५१ जना प्रतिनिधिमण्डलको सहभागिता, विश्व सम्मेलनका क्रममा उपराष्ट्रपति, सभामुख, कुलमान घिसिङलगायत राजनीतिज्ञहरु भेट गरेर संघका उद्देश्य र बेलायतमा नेपालीको अवस्थाबारे अवगत गराइएको उल्लेख गरे ।
उनले गोर्खा कपका बेला युवाहरुका लागि ‘ओपन डे’ गर्ने सोच रहेको बताउंदै नेपाल हाउस प्रोजेक्टलाई अलिक फरक मोडेलमा निरन्तरता दिइने सोच बनाइएको बताए ।
कार्यक्रमको शुरुमा महासचिव आर के त्रिपाठीले कार्यक्रम रुपरेखाबारे बताए । उपाध्यक्ष पुनम गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धमा र स्वागत मन्तव्य दिइन् ।
कार्यक्रममा नवनियुक्त सल्लाहकारहरुलाई सर्टिफिकेट प्रदान गरि ढाका टोपीसहित बधाइ र शुभकामना दिइयो । साथै हालै लेफटिनेन्ट कर्णेलमा पदोन्नति भएका टोल खाम्चा मगर दम्पतिलाई एनआरएनए यूकेको तर्फबाट रिटायर्ड लेफटिनेन्ट कर्णेल याम रानाले विशेष सम्मान गरे ।
कार्यक्रममा उपाध्यक्ष प्रेम गाहामगरले आसन्न च्यारिटी, गोविन्द बेल्वासेले दोहोरो नागरिकता मुद्दा र भूपू गोर्खा अभियन्ता ज्ञानराज राईले गोर्खा आन्दोलनबारे बोलेका थिए । उक्त कार्यक्रम संयोजन तथा सञ्चालन प्रवक्ता रमेश सराङकोटीले गरेका थिए ।
तस्विर- शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा