
लन्डन । बेलायत सरकारले अध्यागमन नियम कडाइ गरेपछि संकट उन्मुख स्कटल्याण्डका रेष्टुरेन्ट व्यवसायीहरुले बिहीबार समस्या देखाउन नौलो उपाय अपनाए । नेपाली तथा एसियन मुलका व्यवसायीहरुले एउटा भेला गरि शुरुमा करिब डेढ घण्टा स्थानीय सांसद तथा अधिकारीहरुसमक्ष आफ्ना व्यथा सुनाए । पछि ति अतिथीहरुकै सामुन्ने खाना पकाएर यो पेशा कति झन्झटिलो र सावधानीपूर्वक गरिनुपर्छ देखाए ।
दक्ष जनशक्ति (सेफ) अभावले स्कटल्याण्डका झण्डै ९० प्रतिशत रेष्टुरेन्ट संकटग्रस्त भएको भन्दै व्यवसायीहरुले आफ्ना पीडा सुनाउन स्कटल्याण्डको नमस्ते सिम्ला प्यालेसमा एक भेला डाकेका थिए । भेलामा किर्ककल्डी तथा काउडेनबीथ क्षेत्रकी सांसद लेस्ली मार्गरेट लेर्डसहित अन्य वरिष्ठ अधिकारी सहभागी थिए ।
‘सरकारले बफे खाना बनाउन दक्ष कामदार चाहिन्न, टेक वे खानामा गुणस्तर कम हुन्छ जस्ता तर्क गरेर वर्क परमिट स्पोन्सरसीप लाइसेन्स नदिने नियमविरुद्ध हामीले सरकारी अधिकारीकै सामू खाना पकाएर देखायौं’, भेलाको नेतृत्व गरेका व्यवसायी काशीराम भण्डारीले भने, ‘सरकारले बाहिर देशबाट दक्ष कामदार झिकाउन नियममाथि नियम थोपरेको छ । ३० हजार वार्षिक तलब तोकेको छ जुन सम्भव र व्यवहारिक छैन् ।’
भेलामा करिब एकसय जना एसियन मुलका व्यवसायी सहभागी थिए । उनीहरुले सरकारी अधिकारीसमक्ष विभिन्न माग राख्दै अध्यागमन नियममा पुनर्विचारको पहल गरिदिन आग्रह गरे । ‘कम्तीमा वार्षिक तलबको थ्रेसहोल्ड घटाएर दुई तीन वर्षको मात्र अस्थायी भिजा दिने प्रावधान भएपनि हाम्रो समस्या समाधान हुन्थ्यो भन्ने कुरा राख्यौं’, भण्डारीले भने । उनले सरकारको कठोर अध्यागमन नियमका कारण रेष्टरेन्ट व्यवसाय झण्डै ९० प्रतिशत घाटामा चलिरहेका दावी गरे ।
सांसद र अन्य काउन्सिल लिडरहरुले व्यवसायीको सबै गुनासा सुनेपछि त्यसलाई छिट्टै संसदमा लैजाने बताएका छन् । भेला निष्कर्षको अपडेट एकसाताभित्र गर्ने र आवश्यक परे भविष्यमा पनि छलफलका लागि उपस्थित हुने आश्वासन सांसद र नेताहरुले दिएका थिए ।
बेलायतभित्रै रहेका युरोपेली र अन्य मुलका नागरिकहरुले करी हाउसमा काम नगर्ने तर बाहिरबाट झिकाउन झन्झट नियमले व्यवसाय चौपट्ट भएको व्यवसायीहरुको गुनासो छ ।
एसियन क्याटरिङ फेडेरेसनले बेलायत सरकारको कठोर नियम रहिरहे दश वर्षभित्र बेलायतका करिब १७ हजार रेष्टुरेन्ट बन्द हुने चेतावनी दिइसकेको छ । उक्त फेडेरेसनले बेलायतका ३५ हजार इथ्नीक रेष्टुरेन्ट (इण्डियन, चाइनिज, बंगलादेशी, थाइ, मलेसियन, नेपाली आदि) र टेक वे रेष्टुरेन्टको प्रतिनिधित्व गर्छ । ४ दशमलब २ बिलियन पाउण्डको यस करी उद्योगले कम्तीमा एक लाख जनालाई रोजगारी दिइरहेको अनुमान छ ।
नेपलिज क्याटरिङ एसोसिएसन यूकेको अनुमानमा बेलायतमा नेपालीका करिब तीन सय ७५ रेष्टुरेन्ट चालु छन् । ति रेष्टुरेन्टहरु सरकारी नियमका कारण संकटमा रहेको बताइएको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ