![]()
लन्डन । बेलायतका नेपालीले मंगलबार आराध्यदेव शिवको पूजा आराधना गरि महाशिवरात्री पर्व मनाएका छन् । बेलायतका विभिन्न शहरमा अवस्थित मन्दिरहरुमा भक्तजनहरुको घुइंचो लाग्यो ।
शिव कल्चरल कम्युनिटी सेन्टर यूके रसमुरले मंगलबार आफ्नै शिव मन्दिर परिसर एम्पायर हल अल्डरसटमा शिवरात्री पूजा गरि पर्व भव्य रुपमा मनाएको छ । कार्यक्रममा रसमुर वरिपरि क्याम्बर्ली, फ्लिट, अल्डरसट, फार्नबोरो, रेडिङ एवं लन्डन, वर्मिङघम, ब्राक्नेलबाट समेत श्रद्धालु भक्तजनहरु सहभागी भए । सांझ ७ बजे देखि शिवजीको आराधना, गणेश पूजा, रुद्रम मन्त्र वाचन गर्दै भजनकिर्तन, शिव महिमा र शिवलिंग पूजा गरियो । आरती सहित प्रसाद वितरण गरी मध्यरातमा पूजा सम्पन्न गरिएको थियो ।
फार्नबोरो साई समिति अध्यक्ष सुष्मा गुरुङ, उपाध्यक्ष हेमा राना, स्प्रिच्यूअल कोओर्डिनेटर केबी गुरुङ, यशोदा राई गौतम, उपाध्यक्ष योगेन्द्र लिम्बु र विजय गोपालको अगुवाइमा सो शिवरात्री पूजा गरिएको सेन्टरले जनाएको छ ।
शिव कल्चरल कम्युनिटी सेन्टर यूके रसमुरका अध्यक्ष रोहित गुरुङका अनुसार, सो संगठनका उपाध्यक्ष क्याप्टेन गोपाल विश्वकर्मा, ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा, भीम थापा र असिस्टेन्ट कल्चरल सेक्रेटरी रमा बानियांको सक्रियतामा सम्पूर्ण कार्यक्रम गरिएको हो ।
शिव कल्चरल कम्युनिटी सेन्टर यूकेले निकट भविष्यमै रसमोर क्षेत्रमा मन्दिर स्थापना गर्ने लक्ष्य अनुरुप काम गरिरहेको छ ।
सेन्टरले नेपाली संस्कृति तथा धर्मको जगेर्नाका लागि नियमित कर्म गर्दै आएको छ ।
उता, साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपति मन्दिर परिसरमा समेत शिवरात्री मनाइएको खबर छ । पण्डित निलहरि घिमिरेका अनुसार, बिहान ७ बजेदेखि दर्शन अभिषेक, रुद्री पूजा, भजन कृतन, शिवरात्री सम्बन्धि प्रवचन, लाख बत्ती प्रज्वलन, आरती तथा प्रसाद वितरण गरि बिहानी सत्र समापन गरियो भने बेलुका ५ बजेदेखि पुनः विशेष भजन कीर्तनका तथा प्रसाद वितरण गरिएको थियो ।
राससका अनुसार, यस पर्वका बेला वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा