
लन्डन । डायमन्ड बुद्धिष्ट सेन्टर यूकेले बौद्ध धर्मको धार्मिक ग्रन्थ दोमाङ (द्योमाङ) अर्थात धारिणी ग्रन्थबारे एक प्रवचन कार्यक्रम गरेको छ । ११ फेब्रुअरी २०१८, आइतबार
लन्डन प्लमस्टिडस्थित गेसो सभाहलमा प्रवचन भएको हो ।
कार्यक्रममा दोमाङ ग्रन्थलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका विद्वान गुरु खिम्पो वागिन्द्र शिला (नन्दलाल तिमिल्सिना) ले बौद्ध धर्मबारे प्रकाश पार्दै दोमाङको महत्वपूर्ण ज्ञान सम्वन्धमा सहभागीलाई प्रष्ट्याए ।
नेपाली भाषामा सम्भोट भाषाबाट दोमाङ ग्रन्थलाई पहिलो पटक अनुवाद गर्ने श्रेय नेपाली नागरिकता वाहक खिम्पो वागिन्द्र शिला र उनका सहयोगीहरुलाई जान्छ । प्रवचनमा अहिलेसम्म तिब्बेतीयन भाषामा पाठ पूजा गर्दै आएका नेपाली महायानी बौद्धमार्गीले अब उपरान्त आफ्नै नेपाली भाषामा पाठ पूजा गर्न सक्ने गुरु वागिन्द्र शिलाले बताएका थिए ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न उक्त धार्मिक कार्यक्रमलाई संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हितमान गुरुङले स्वागत मन्तव्य प्रकट गरेपछि गुरुद्वारा झण्डै ३ घण्टाको प्रवचन भएको थियो । शुरुमा श्रद्धालुले गुरुहरुलाई परम्परागत रुपमा धार्मिक स्वागत गरेका थिए ।
कार्यक्रममा अन्य दुई गुरु ढुप्ला बज्र लोपेन जनता गुरुङ र आचार्य दुर्गा गुरुङले खिम्पो वागिन्द्र शिलालाई साथ दिएका थिए ।
प्रवचनकै क्रममा साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले ढुप्ला बज्र लोपेन जनता गुरुङलाई गुरुङहरुको मृत्यु संस्कारबारे जिज्ञासा राखेपछि उनले त्यस
संस्कारबारे प्रष्ट पारेका थिए ।
सो अवसरमा भक्तजनहरुले अनुवाद गरिएको दोमाङ ग्रन्थका डेढदर्जन जति थान पाठपूजाका लागि खरिद गरी गुरुको हातबाट ग्रहण गरेका थिए ।
अन्त्यमा संस्थाका अध्यक्ष गुरुङले कार्यक्रम प्रायोजक तथा गुरुहरुप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन