लन्डन । नेपालकी चर्चित लोक दोहोरी गायिका मन्जु बिक र गायक बद्री केसी आइतबार साउथ इष्ट लन्डनको उलवीचमा उत्रिए । ‘सनराइज लोक दोहोरी सांझ’ मा कलाकारद्वयले विभिन्न गीत र दोहोरी गाएर दर्शकलाई मनोरन्जन दिलाए ।
लोटस क्लबमा दर्शक उपस्थिति न्यून भएपनि कलाकारको बेजोड संगीतले माहोल तात्यो ।
प्रकाशराज कंडेलले आयोजना गरेको उक्त कार्यक्रम एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ र पशुपति मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र कंडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कलाकारहरुलाई समाजसेवी विनोद ज्ञवाली, लिलादेवी गुरुङ र भुवन खत्रीले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
कार्यक्रममा स्थानीय प्रियना आचार्यले नृत्य प्रस्तुत गरेकी थिइन् ।
मारयो मलाई नजरैको गोलीले, जाउं त भने भत्केको पुल, चढेको जवानी, मिठो बोलीले लगायत थुपै चर्चित गीत गाएर लोक दोहोरी क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी गायिका मन्जु बिक केही समयदेखि बेलायतमा छिन् । उनले बेलायतका विभिन्न शहरमा सांगीतिक प्रस्तुतिसहित भेटघाट रेष्टुरेन्टमा सांझ दोहोरी गीत समेत गाइरहेकी छन् ।
शब्द/तस्विर- कुशल श्रेष्ठ
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन