लन्डन । भ्यालेन्टाइन डे (प्रणय दिवस) आउन थोरै समय बांकी रहंदा बेलायतमा विभिन्न कार्यक्रम तय गरिएका छन् ।
१४ फेब्रुअरीका दिन ‘भ्यालेन्टाइन डे’ परेपनि सप्ताहन्त कयौं कार्यक्रम गर्न लागिएको हो । यो माहोललाई छोपेको छ गोर्खा स्टुडियोले पनि ।
गोर्खा स्टुडियोले आगामी १० फेब्रुअरी शनिबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा ‘भ्यालेन्टाइन विशेष’ कार्यक्रम गर्न लागेको हो ।
चांद लामाको डिजे, डान्स र डिनरसहितको उक्त प्रेमिल सांझमा गोर्खा स्टुडियोको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम समेत छ । गोर्खा स्टुडियोले उत्पादन गरेको कार्यक्रम ‘दम्पत्ति सिजन २’ पनि सोही सांझबाट प्रसारणमा आउने जनाइएको छ । गोर्खा स्टुडियो विमला सेने, देव गुरुङ र दिनेशकुमार परियारले सञ्चालन गरेका हुन् ।
कार्यक्रममा उत्कृष्ट ड्रेस, क्याटवाक र डान्स गर्ने जोडीलाई सरप्राइज गिफ्ट दिने योजना आयोजकको छ । उत्कृष्ट जोडीको गोर्खा स्टुडियोका तर्फबाट भिडियो तथा फोटो सुट समेत गरिने सञ्चारकर्मी दिनेशकुमार परियारले जनाए ।
गोर्खा स्टुडियोले इच्छुक जोडीलाई कार्यक्रममा सहभागी भएर प्रणय दिवस हर्षोल्लासका साथ मनाउन आव्हान गरेको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय