एनआरएनए यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले विधान अनुरुप हरेक दुई वर्षमा गर्ने काउन्सिल बैठक आगामी सेप्टेम्बर २९ तारिख, २०१८ शनिबार गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि सुरु हुने उक्त बैठकमा यूकेस्थित समस्त नेपाली संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव वा दुईजना प्रतिनिधि सहभागी हुने एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघ संस्था समन्वय विभाग प्रमुख पुनम गुरुङले बताइन् ।

उक्त बैठक एनआरएनए यूकेको दुई वर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण भएको संघको ठहर छ । उक्त सभामा कुनै संस्था नछुटोस् भन्ने उद्देश्यले संघ संस्था समन्वय विभाग प्रमुख एवं एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङको अध्यक्षतामा संघ संस्था विभाग उपसमिति गठन गरि उक्त उपसमितिलाई दिशा निर्देशन गर्न ३ जना सल्लाहकार समेत मनोनित गरिएको उपसमिति सदस्य सचिव रोहित गुरुङले बताए ।

उक्त उपसमितिमा एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ अध्यक्ष, रोहित गुरुङ सदस्य सचिव र सदस्यहरु ज्योत्सना बस्नेत, मिलन गुरुङ, माधव श्रेष्ठ साथै सल्लाहकारमा डा. चन्द्र लक्सम्बा, भक्त गुरुङ र जीव बेल्बासे छन् ।

सभा सफल एवं सार्थक बनाउन उपसमितिले विभिन्न माध्यमबाट बेलायतका नेपाली संघसंस्थाका फोन नम्बर, इमेल, अध्यक्ष तथा महासचिवको नाम आदि संकलन गरिरहेको छ । यसलाई अझ व्यवस्थित र सहज बनाउन तल उल्लेखित व्यक्तिको फोन, इमेल आदिमा आफ्नो संस्थाको नाम, इमेल, अध्यक्ष र महासचिवको नाम इमेल, फोन नम्बर यथासक्य छिटो उपलब्ध गराइदिन विभाग उपसमितिले यूकेस्थित नेपाली संघ संस्थालाई आव्हान गरेको छ ।

विवरण पठाउन-

उपाध्यक्ष पुनम गुरुङ -०७७२७१३५३७६, Email- [email protected]
सदस्य सचिव रोहित गुरुङ – 07951477691, Email- [email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री